मन्त्री बनेलगत्तै राजेन्द्र महतो विवादमा, ‘बहुल राष्ट्र’को अभिव्यक्तिप्रति एमाले नेताहरूकै आपत्ति
काठमाडौं । उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा तानिएका छन् । हिजो पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए ।महतोले भनेका थिए, ‘हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं । सरकारमा आउने निर्णय त्यसैका लागि हो ।’
सत्तारुढ दल एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोको सो अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् ।
गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु ।’
उनले नेपाल एउटा मात्रै राष्ट्र भएको भन्दै महतोले भनेको कथित आन्दोलनले नेपाललाई विघटन गर्ने मनसाय राखेका उल्लेख गरेका छन् ।
‘नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनविज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।
एमालेका युवा नेता योगेश भट्टराईले पनि फेसबुक स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
भट्टराई लेख्छन्, ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’
नेकपा (एमाले)का नेता राजेन्द्र गौतमले पनि उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको भत्र्सना गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गौतमले महतोको अभिव्यक्तिको निन्दा र भत्र्सना गरेका हुन् ।
नेता गौतमले लेखेका छन्, “नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजाने र मुक्ति आन्दोलन गर्ने बहुलठीपूर्ण अभिव्यक्तिको निन्दा र भत्र्सर्ना गरौँ ।”
शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












