न्यायाधीशद्वय कार्की र भट्टराईलाई अग्नि खरेलको प्रश्न, ‘तपाईंहरूले त्यस्तो बोल्न हुन्थ्यो ?’
काठमाडाै । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिन्न गठित संवैधानिक इजलासमा रहेका यी दुई न्यायाधीश निष्पक्ष हुन नसक्ने तर्क गर्दै उनले प्रश्न गरेका हुन् ।
यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशबारे विवाद हुँदा कार्की र भट्टराईले एउटै कुरा गरेकाले शंकास्पद भएको खरेलको दाबी छ । उनले भने, ‘दुवै जनाले एउटै कुरा लेख्नुभएको छ । दुवै कागजमा प्रधानन्यायाधीशको हस्ताक्षर छैन । त्यसो भए के हुन् ती कागज ? तिनको कानुनी हैसियत के हो श्रीमान् ? हाम्रो दीपक श्रीमान् र आनन्दमोहन श्रीमान्प्रति विश्वास हो । तर, श्रीमान् यहाँ तपाईंहरूले बोलेका कुराले प्रश्न उठ्यो । कार्की र भट्टराई श्रीमान्ले यो संरचना रही रहेसम्म हामी इजलासमा बस्दैनौँ भन्नुभयो, यस्तो भन्न हुन्थ्यो र ? प्रश्न नउठेका श्रीमान् आफैँ अगाडि सरेर यसो भन्न हुन्थ्यो र ? हरिकृष्ण कार्कीले लेखेको कुरामा प्रधानन्यायाधीशको हस्ताक्षर थियाे । अहिले के गाह्राे भयाे श्रीमान्लाई ?’
१८ जेठमा राणाले कार्की, भट्टराई, श्रेष्ठ र केसीले लेखेको कुरामा हस्ताक्षर गरेका थिएनन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












