नेपाल-खनाल समूहको निष्कर्ष : हस्ताक्षर फिर्ताको शर्त तेर्स्याएर एकता हुँदैन
काठमाडाै । एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्रीद्वय माधकुमार नेपाल र झलनाथ खनाल पक्षले हस्ताक्षर फिर्ताको शर्त स्वीकार नगर्ने अडान राखेको छ । अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता स्वीकार गरेर एकता नहुने निष्कर्ष निकालेको हो ।
एकताका लागि आफूहरूले अघि सारको ६बुँदे प्रस्ताव विना कुनै शर्त पालना हुनुपर्ने निचोड बैठकले निकालेको सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् । ‘पार्टीको विगतका कमिटी ब्युँताउनका लागि अध्यक्ष ओली निःर्सत रूपमा तयार हुनुपर्ने निष्कर्ष हाम्रो छ,’ उनले भनिन् ।
यस्तै, नेता बेदुराम भुसालले संविधान, लोकतन्त्र र संसदको रक्षाका निम्ति गरिएको हस्ताक्षर फिर्ता नहुनेमा एकमत रहेको बताए । ‘पार्टी एकताका लागि ६बुँदे प्रस्ताव पालना लागि अध्यक्ष ओली निःशर्त तयार हुनुपर्छ । राजनीतिक व्यवस्था र संविधान जोगाउनका लागि हामीले चालेको कदम फिर्ताका लागि उहाँले संसद् विघटन फिर्ता गर्नुपर्ने मत हामीहरूको छ’, उनले भने ।
त्यस समूहको २१ र २२ जेठमा बसेको केन्द्रीय कमिटी बैठकले पनि हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको थियो । स्थायी कमिटीले पनि त्यही निर्णयलाई अनुमोदन गरेको हो । नेपाल-खनाल समूहले ओलीका ६बुँदे प्रस्तावप्रति लिखित जवाफ दिने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












