नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका वैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन
हेटौंडा । बागमती प्रदेश सभामा नेपाली कांग्रेस सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भइरहेको छ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको भन्दै उनीविरुद्ध आफू महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्ति दिएपछि विपक्षी र आफ्नै दलबाट पनि वैद्यको आलोचना भइरहेको छ। नेकपा (एमाले)ले आपत्ति जनाउँदै वैद्यलाई पक्राउ नै गर्नुपर्ने बताएको छ भने कांग्रेसले आत्मालोचना गर्न निर्देशन दिएको छ।
नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन्। वैद्यको अभिव्यक्तिपछि शुक्रबार सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेस नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदैरहेछ। नत्र प्रदेश सांसद, त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्नसक्छ?’
यसैगरी एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा ‘के महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त?’ प्रश्न गरेका छन्। बस्नेतले वैद्यलाई तुरुन्त पक्राउ गर्न पनि माग गरेका छन्।
नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा प्रवक्ता शर्माले उल्लेख गरेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइँदैन। आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुँदैन। शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’
आफ्नो बोलीको कारण विवादमा आएका वैद्यले भने प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिव्यक्ति नदिएको प्रष्टिकरण दिएका छन्। उनले आफू हिंसा विरोधी रहेको भन्दै ओलीको हत्या गर्ने मनसायले भन्दापनि उनको कामको विरोध गर्ने मनसायले अभिव्यक्ति दिएको बताएका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












