नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका वैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन
हेटौंडा । बागमती प्रदेश सभामा नेपाली कांग्रेस सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भइरहेको छ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको भन्दै उनीविरुद्ध आफू महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्ति दिएपछि विपक्षी र आफ्नै दलबाट पनि वैद्यको आलोचना भइरहेको छ। नेकपा (एमाले)ले आपत्ति जनाउँदै वैद्यलाई पक्राउ नै गर्नुपर्ने बताएको छ भने कांग्रेसले आत्मालोचना गर्न निर्देशन दिएको छ।
नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन्। वैद्यको अभिव्यक्तिपछि शुक्रबार सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेस नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदैरहेछ। नत्र प्रदेश सांसद, त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्नसक्छ?’
यसैगरी एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा ‘के महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त?’ प्रश्न गरेका छन्। बस्नेतले वैद्यलाई तुरुन्त पक्राउ गर्न पनि माग गरेका छन्।
नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा प्रवक्ता शर्माले उल्लेख गरेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइँदैन। आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुँदैन। शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’
आफ्नो बोलीको कारण विवादमा आएका वैद्यले भने प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिव्यक्ति नदिएको प्रष्टिकरण दिएका छन्। उनले आफू हिंसा विरोधी रहेको भन्दै ओलीको हत्या गर्ने मनसायले भन्दापनि उनको कामको विरोध गर्ने मनसायले अभिव्यक्ति दिएको बताएका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












