गृहमन्त्रीद्वारा प्रदेशका प्रहरी प्रमुखलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन
काठमाडाै । गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयको शुक्रबार निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि निर्देशन दिए।
प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गराए। कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै उनले आवश्यक व्यवस्थापनमा गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए।
निरीक्षणपश्चात गृहमन्त्री अधिकारीले भर्चुअलमार्फत सातै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिए। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल प्रहरी थप व्यावसायिक र ऊर्जावान हुने विश्वास दिलाए।
प्रहरी महानिरीक्षक थापाले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको सन्दर्भ जोड्दै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको बताए।
नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोबल विषयमा शोध र प्राप्त सुझावको कार्यान्वयन, प्रहरी कर्मचारीको आचारसंहिताको कार्यान्वयनलगायतका विषयले सङ्गठनको पद्धतिजन्य विकास र सूत्रबद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जानकारी गराए।
उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको जानकारी दिए। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षालगायतका विषयमा जानकारी गराएका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












