महन्थले बोलाए जसपा बैठक, पुस ७ को माइन्युट बोकेर आधिकारिकता माग्ने
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बुधवार कानून व्यवसायीसँग छलफल गरेका ठाकुरले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोग जानुअघि बैठक बोलाएका हुन् ।
जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र यादव पक्षले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेको छ । पार्टीको प्रथम अध्यक्ष र २०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दावी प्रस्तुत गर्ने तयारी छ ।
ठाकुरले पुस ७ को सोही बैठकको अधिकार प्रयोग गरेर कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेर निर्वाचन आयोगलाई पठाएका थिए । यादव पक्षले भने पुस ७ को बैठकले ठाकुरलाई त्यस्तो अधिकार नदिएको भन्दै किर्ते गरेको आरोप लगाएको छ ।
जसपा अध्यक्ष ठाकुरले कार्यकारिणी समिति र विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेपछि आयोगले दिएको १५ दिनको समयभित्र जवाफ पठाउने नेता राजकिशोर यादवले बताए ।
जसपाको विवाद अहिले निर्वाचन आयोगमा विगतको नेकपाको जस्तै जेलिएको छ । नेकपाको पालामा पनि दुई अध्यक्ष र दुईथरी बैठकका निर्णयले मान्यता नपाउँदा नपाउँदै नेकपा नै अदालतबाट खारेज भएको थियो ।
जसपामा पनि पुस ७ गतेपछि एकीकृत ढंगले पार्टीको बैठक बस्न सकेको छैन । त्यसयताका बैठक एकपक्षीय र विवादित छन् ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











