प्रधानमन्त्री फेर्ने खेल मात्रै खेलेका छैनौँ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् ।
विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको भेटघाट, छलफललाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभएको बताए । उनले यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए ।
उनले लोकतान्त्रिक गठबन्धनले दीर्घकालीन यात्रा तय गर्ने उद्घोषसमेत गरे ।
“यो केपी ओलीलाई हटाउने मात्रै आन्दोलन होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्ने अभियान पनि हाे,” उनले भने ।
अहिले विपक्षी गठबन्धनका पाँच घटकको अलगअलग पृष्ठभूमि भए पनि परिवर्तनका लागि सबैको समयसापेक्ष योगदान दिँदै आएको बताए ।
एक प्रसंगमा आफूले नेकपाबाटै आन्दोलन गर्न चाहेको पनि बताए । कतिपयले केपी ओली र प्रचण्डलाई उस्तैउस्तै भन्ने गरेको भन्दै दुखेसो पनि पोखे ।
“अप्ठ्यारो पर्छ भने कुर्सी छाड्न तयार हुने र सबैथोक सिध्याएर भए पनि कुर्सीचाहिँ जोगाउनुपर्छ भन्ने ओली एकै हो ?,” उनको प्रश्न थियो ।
उनले विपक्षी दल हुँदा पनि संविधान निर्माणमा भूमिका खेलेका, संविधान निर्माणमा भूमिका खेल्न, धाँधली हुँदाहुँदै पनि २०७० को निर्वाचन परिणाम स्वीकार गरेको पृष्ठिभूमि पनि केलाए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












