प्रधानन्यायाधीशको प्रश्न- प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय ?
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रका बारेमा सोधेको छ ।
निवेदक सांसदहरूका तर्फबाट बहस गरिरहेका कानुन व्यवसायीलाई शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरेका हुन् ।
अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले सोधे, ‘म विश्वासको मत लिन सक्दैन भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय ?’
जवाफमा अधिवक्ता पोखरेलले संसद्मा विश्वासको मत माग्न जानुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो परेको भन्ने लागे राजीनामा दिनुपर्ने बताए । ‘संसद्सँग त विश्वास माग्ने हो । उहाँलाई अप्ठ्यारो परेको भए राजीनामा दिएर जनतामा जाने हो । सत्ता टिकाउन तिकडम गर्ने होइन,’ उनको जवाफ थियो ।
पोखरेललाई त्यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईले प्रश्न गरेका थिए । भट्टराईको प्रश्न थियो, ‘विश्वासको मत लिने कुरा अब्लिगेसन हो कि अनिवार्य विधि ?’ संविधानको धारा ७६ (३) मा संसद्को ठूलो दलको नेताको हैसियतमा नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसिभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम ओलीले विश्वासको मत लिन नसक्ने भन्दै राष्ट्रपतिलाई पत्र लेखेर ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न आग्रह गरेका थिए ।
न्यायाधीश भट्टराईको प्रश्नमा अधिवक्ता पोखरेलको जवाफ थियो, ‘प्रधानमन्त्रीले विश्वासको मत त लिनैपर्ने हो । तर श्रीमान्, उहाँले विश्वासको मत लिन्नँ भन्नुभयो र राष्ट्रपतिले ७६ (५) को प्रक्रिया सुरु गरिसक्नुभयो ।’
त्यसरी मार्ग प्रशस्त गरेको भनेका प्रधानमन्त्री ओलीले मार्ग अवरुद्ध गरेको पनि पोखरेलको भनाइ थियो । ‘प्रश्न के हो भने मार्गप्रशस्त गर्छु भनेका प्रधानमन्त्रीले मार्ग अवरुद्ध पार्नुभयो र प्रतिनिधिसभा नै विघटन गर्नुभयो,’ उनले भने ।
संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रतिनिधिसभामा विश्वासको मतबाट असफल भई संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएपछि विश्वासको मत लिन्नँ भन्ने कुरा संविधानको शपथविरुद्धको कदम भएको पनि पोखरेलले बताए । त्यस्तो कदमलाई राष्ट्रपतिले पनि समर्थन गरेर असंवैधानिक कदम चालेको उनले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












