सभामुखबारे ओलीको टिप्पणी– प्रचण्डका कार्यकर्ता हुन् भन्दैमा जे पनि गर्ने ?
काठमाडाै । प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नि सापकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भनेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले आफूजस्तै ‘सम्माननीय’ पदमा रहेका सापकोटाबारे यस्तो टिप्पणी गरेका हुन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुखले विभिन्न बैठक, अन्तर्क्रिया गर्न दिएकोप्रति ओलीको आक्रोश छ । ‘संसद् भवनमा तथाकथित् बुद्धिजीवीको भेला, नागरिक समाजका अन्तर्क्रिया, पत्रकार सम्मेलन गर्ने हो ? त्यसैका लागि त्यो भाडामा लिइएको हो ? प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै प्रचण्डले जे भन्यो, त्यो कानुनभन्दा माथि हुने ?,’ ओलीले भने ।
यद्यपि, यही मात्र आफ्नो टाउको दुखाइको कारण भने नरहेको उनले बताए । ‘मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो । यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्याउँछ ? लोकतान्त्रिक प्रणाली र मौजुदा संविधान । संविधानको आवश्यक संशोधनप्रति मेरो विरोध छैन । तर, संविधान नै च्यात्ने दिशातिर उहाँहरू जाँदै हुनुहुन्छ । अनि उल्टै स्यार हुइँया मच्चाउँदै हुनुहुन्छ– केपी ओलीले संविधान च्यात्यो । चुनावमा जाऔँ भन्दा संविधान च्यातेको हुन्छ ? उहाँहरूको हातमा सरकार गयो भने त चुनावै हुँदैन ।
ओलीले माधव नेपालको आलोचनामा थुप्रै शब्द खर्च गरे । माधव नेपाल मदन भण्डारीविरोधी भएको आरोप पनि उनले लगाए ।
‘एमालेको वरिष्ठ हुँ भन्ने, एमाले नै ध्वस्त पार्न लागिपर्ने, कांग्रेसको सरकार बनाउन लाग्ने । दुनियाँको लोकतान्त्रिक इतिहासमा माधव नेपालजति अराजक, अनुशासनहीन र इमान नभएको मान्छे, जुन पार्टीले भोट लियो, जुन आदर्शका लागि भनेर ढाँटेर हिजो भोट लियो, त्यसैलाई धोका दिने’, ओलीले भने, यो बीचमै राजीनामा दिनुपर्दैन ? मैले नयाँ पार्टी खोलेँ, नयाँ विचार अँगाले भन्नुपर्दैन ?’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












