संसद् पुनर्स्थापना हुन्छ तर ठूलो खेलको गन्ध पनि आइरहेको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीले आफ्नो निर्णय आफैँ गर्ने वातावरण बनाउनु नै आजको आवश्यकता भएको बताएका छन् । सोमबार बुद्धिजिवीहरूले आयोजना गरेको कार्यक्रममा उनले आफूहरूले त्यस बारेमा खबरदारी गरिरहेको पनि बताए ।
“आजको राजनीतिक परिस्थिती निकै नै जटिल र चुनांतीपूर्ण मोडमा आयो । विगतका कमिकमजोरीको समीक्षा त हुन्छ नै । यतिबेलाको मुल मुद्दा भनेको संविधान, लोकतन्त्रको रक्षा हो ,” उनले भने, “नेपालीहरूको निर्णय नेपालीले नै गर्न पाउनुपर्छ । यहाँ कुनै किसिमको प्रत्यक्ष वा परोक्ष हस्तक्ष्ोप हुन नपाओस् भनेर सर्तक पनि गराएका थियौँ । आजको आवश्यकता पनि यही हो ।”
अर्को प्रसंगमा प्रचण्डले संसद् पुनर्स्थापना हुने भएपनि आफू पूर्ण रूपमा विश्वत भने हुन नसकेको बताए ।
“संसद् पुनर्स्थापना हुन्छ । सबै तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर, अझै विश्वस्त हुन सकेको छैन । अझै ठूलो खेल चलिरहेको गन्ध पनि आउँछ मलाई । पुनर्स्थापना मात्रैले समस्याको हल नहुन पनि सक्छ,” उनले भने ।
प्रचण्डले अदालतको विश्वासमा टिप्पणी नगर्ने पनि बताए । तर, सरकारका नजिकका मान्छेहरूले अदालतलाई धम्क्याएको उनको आरोप छ । उनले संसद् पुनर्स्थापना भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी पनि गरे ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











