महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराएर पार्टी एकता कायम गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।
ललितपुरस्थित समिट होटलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन् । माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।
माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको भन्दै वार्तामा सहभागी नेता नेम्वाङले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूकै हैसियतमा सबैले आ-आफ्नो ठाउँबाट पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए ।
यसअघि आयोजक कमिटी बैठक बस्नुभन्दा पहिले पनि पौडेल र भुसालबीच छलफल भएको थियो । नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।
तर, नेपाल पक्षकै कतिपय नेताले भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने आशंका गरेका छन् । नेपाल पक्ष पनि बैठकमा सहभागिता जनाउने वा नजनाउनेबारे आन्तरिक छलफलमा छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












