एमाले एकताका लागि दोस्रो तहका नेताहरु आज पनि छलफलमा, माधव पक्षको स्थायी कमिटी बैठक
काठमाडौं । शुक्रबार बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरु आज पनि बिहानैदेखि छलफलमा जुटेका छन् ।
बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।
बुधबार राति अबेरसम्म एमालेका दोस्रो तहका नेताबीच छलफल भए पनि केही विषयमा सहमति हुन सकेको छैन । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने माग नेपाल पक्षको छ ।
त्यस्तै अदालतमा एमालेका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर तथा समर्थनको विषयमा के गर्ने ? भन्नेमा कुरा मिलेको छैन । त्यस्तै एमाले एकतावद्ध भएर पार्टी नेतृत्वको सरकारको निरन्तरताको पक्षमा लाग्ने भन्ने शब्दमा समेत नेपाल पक्षका केही नेता सहमत छैनन् ।
बुधबारदेखिनै संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल र नेताहरु सुवास नेम्वाङ तथा शंकर पोखरेल वार्तामा छन् । वार्तामा नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र नेता सुरेन्द्र पाण्डे सहभागी छन् ।
आज बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक राखेकाले छलफलमा केहीबेर सहभागी भएर निस्केका छन् भने अरु नेताहरुको छलफल चलिरहेको छ ।
यसैबीच माधव नेपाल पक्षले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भाग लिने कि नलिने भन्ने बारेमा आफ्नो समूहको निर्णय गर्न आजै स्थायी कमिटीका सदस्यहरुको बैठक राखेको छ ।
दिउँसो बस्ने बैठकले यसबारेमा सामूहिक धारणा बनाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












