चिनियाँ राष्ट्रपति चिनफिङसँगको अन्तरर्क्रियामा ओली, देउवा, प्रचण्ड, नेपाल र भट्टराई सहभागी हुँदै
काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङ मुख्य वक्ता रहेको ‘विश्वका राजनीतिक दल सम्मेलन’ मा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । मंगलबार (भोलि) साँझ साढे पाँच बजे उक्त सम्मेलनमा नेपालका नेताहरू सहभागी हुने जानकारी दिइएको छ ।
एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी इतरका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनेछन् । कम्युनिस्ट नेताहरूकै सहभागीता बढि रहने उक्त सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजावादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी हुने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थापनाको एक सय वर्ष पुगेको अवसरमा नेपाललगायत विश्वका नेताहरूसँग अन्तरक्रिया गर्ने क्रममा नेपाली नेताहरू पनि सहभागी हुने भएक हुन् । नेपालबाट अन्तरक्रियामा कम्युनिस्ट पार्टीहरूको अलवा अन्य राजनीतिक दलबाट पनि सहभागीता रहने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि याे सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै अन्य राजनीतिक दलका नेताहरू पनि सहभागी हुनेछन् । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सीले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरूले पठाएको भिडियो सन्देश प्रशारण हुनेछ । सम्मेलनमा अनौपचारिक दोहोरो छलफल पनि हुन सक्ने अधिकारीहरूले बताए ।
चीनले सीपीसी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रूपमा मनाइरहेकाे अवस्थामा यो छलफल जुरेको हो । कोभिड-१९ नभएको भए चीनले सयौँ नेतालाई बेइजिङमा उतारेर भव्य सम्मेलन गर्ने तयारी गरेकाे थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












