लगभग हामी समाधानको बिन्दूमा आएका छौंः गोकर्ण विष्ट
काठमाडौँ । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदल सदस्य गोकर्ण विष्टले लगभग विवाद समाधानको बिन्दुमा पुगेको दाबी गरेका छन् ।
आज सिंहदरबारमा केही बेर बसेको कार्यदल बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै साँझ बस्ने बैठकले धेरै हदसम्म समाधान खोज्ने विश्वास व्यक्त गरे । विवाद समाधान गर्न अब धेरै समय नलाग्ने उनको भनाइ छ ।
‘कार्यदलले चौथो बैठक सम्पन्न गरेको छ । हिजोभन्दा आज थप प्रगती भएको छ । केही कुरा बाँकी छ त्यो कुरा टुंगो लगाउने गरी साँझ फेरि छलफल हुनेछ,’ उनले भने, ‘निष्कर्षमा पुग्न अब त्यती धेरै समय लाग्दैन । आज बेलुका धेरै हदसम्म समाधान खोज्छौं । अब धेरै लामो समय लाग्ने अवस्था छैन । लगभग हामी समाधानको बिन्दूमा आएका छौं ।’
सिंहरबारमा आज केही बेर बसेको कार्यदलको बैठक साँझ पुन: बस्नेगरी स्थगित भएको छ । हिजो साँझ एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच छलफल भएको थियो । ओली–नेपाल छलफल अघि बुधबार पनि कार्यदल बैठक बसेको थियो । कार्यदलकोबैठक सोमबारदेखि निरन्तर बसिरहेको छ ।
एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












