राष्ट्रियसभामा वामदेवको प्रस्तावः राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गराैँ
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विषेश सयममा बोल्दै एमाले नेता समेत रहेका गौतमले आफूले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने व्यवस्था गर्न प्रस्ताव गर्दा कोकोहोलो मच्चाइएको बताए ।
“मलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नेबाटो खोल्न निर्वाचन लड्ने क्षेत्र खोज्नुस् भन्नुभयो मैले लड्दैन भने । त्यसो भए राष्ट्रियसभामा लड्नुस् भन्नु्भयो मैले लड्दैन भने । किन नलड्ने भन्नुभयो, मैले म लड्नुपर्छ भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने व्यवस्था गर्नुस् भनेंँ” गौतमले भने, “त्यसलाई बाहिर कोहोहोलो गरेर विरोध गरियो । आज पनि म भन्छु, यो राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न म यो सदनसमक्ष प्रस्ताव गर्दैछु ।”
उनले राष्ट्रियसभामाथि संसदको अभिन्न अंग भए पनि विभेद भएको बताए । “यो सभाले उचित सम्मान आर्जन गर्ने हो भने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ,” गौतमले भने, “बेलायतको हाउस अफ कमन्स भएर जमिन्दारको मात्र प्रतिनिधित्व गर्ने हो भने फरक कुरा ।”
उनले संविधान अनुसार बजेट संसदमा प्रस्तुत हुनुपर्ने भन्दै अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रिसभामामा बजेट प्रस्तुत गर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












