कार्यदलले गरेको सहमतिप्रति नेपाल समूहभित्र असन्तुष्टि, केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडाैँ । नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न कार्यदलमा रहेका दुई पक्षबीच १० बुँदे सहमति भएको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र असन्तुष्टि देखा परेको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरू कार्यदल नै बनाएर पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधान गर्न क्रियाशील थिए। उनीहरूले आइतबार बेलुकी १० बुँदे सहमतिका प्रस्ताव सार्वजनिक गरेका थिए।
कार्यदलले गरेका सहमतिलाई अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने गरी गलत व्याख्या नगर्न भन्दै नेता नेपालले पनि असन्तुष्टि जनाइसकेका छन्।
नेपाल पक्षका अन्य नेताले पनि ‘प्रतिगमनको मतियारसँग झुकेको’ भन्दै कार्यदलको उक्त सहमतिप्रति असन्तुष्टि जनाएपछि आज केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।
नेपाल पक्षका नेता राजेन्द्र राईले भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक बस्ने बताए। उनले गत फागुन २८ मा ओलीले गरेका निर्णयलाई कार्यदलले स्वीकार गरेको जस्तो देखिएकोले त्यो आफूहरूलाई स्वीकार्य नहुने पनि बताए।
यस्तै नेता रामकुमारी झाँक्रीले आज आफूहरूको समूहको केन्द्रीय कमिटी बैठक बस्ने बताइन्। केन्द्रीय कमिटी बैठकपछि मात्रै कार्यदलले गरेको १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने उनले बताइन्।
अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने उनको अडान छ। नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
कार्यदलले पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत १० बुँदे सहमति गरेको थियो। उक्त सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












