एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्ष छुट्टै छलफलमा
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
दिउँसो १ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा पार्टीको आन्तरिक विवाद समाधान तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने भएको हो। सर्वोच्च अदालतले संसद पुनर्स्थापनाका आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि हिजोको स्थायी कमिटी बैठकमा यसै विषयमा छलफल भएको थियो।
सर्वोच्चको फैसलाबारे आज पनि थप छलफल हुने र पार्टीको आधिकारिक धारणा बनाइने प्रवक्ता प्रदीप ज्ञवालीले जनाकारी दिए।
नेकपा एमालेमा जारी लामो समयको अन्तरविरोध अन्त्यका लागि कार्यदलले बनाएको १० बुँदे सहमतिको प्रस्तावमा आज औपचारिक छलफल गर्ने तयारी भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। कार्यदलले हिजो अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको प्रस्तावित दस्ताबेज बुझाएको छ। आज यसमा छलफल गरी पार्टी एकतालाई थप सुदृढ बनाउनेबारे छलफल तथा निर्णय हुने तामाङले बताए।
आजको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्ष पनि सहभागी हुने संस्थापन पक्षले बताएको छ। तर माधव नेपाल समूहका नेता तथा उपाध्यक्ष भीम रावलले भने जाने नजाने बारेमा अहिले छलफल भइरहेको र त्यसपछि टुंगो लाग्ने बताए।
आजको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति तोक्ने र एजेण्डा तय गर्ने लगायतका कार्यसूची तयार भएको कार्यालय सचिव तामाङले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












