एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्ष छुट्टै छलफलमा
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
दिउँसो १ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा पार्टीको आन्तरिक विवाद समाधान तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने भएको हो। सर्वोच्च अदालतले संसद पुनर्स्थापनाका आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि हिजोको स्थायी कमिटी बैठकमा यसै विषयमा छलफल भएको थियो।
सर्वोच्चको फैसलाबारे आज पनि थप छलफल हुने र पार्टीको आधिकारिक धारणा बनाइने प्रवक्ता प्रदीप ज्ञवालीले जनाकारी दिए।
नेकपा एमालेमा जारी लामो समयको अन्तरविरोध अन्त्यका लागि कार्यदलले बनाएको १० बुँदे सहमतिको प्रस्तावमा आज औपचारिक छलफल गर्ने तयारी भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। कार्यदलले हिजो अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको प्रस्तावित दस्ताबेज बुझाएको छ। आज यसमा छलफल गरी पार्टी एकतालाई थप सुदृढ बनाउनेबारे छलफल तथा निर्णय हुने तामाङले बताए।
आजको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्ष पनि सहभागी हुने संस्थापन पक्षले बताएको छ। तर माधव नेपाल समूहका नेता तथा उपाध्यक्ष भीम रावलले भने जाने नजाने बारेमा अहिले छलफल भइरहेको र त्यसपछि टुंगो लाग्ने बताए।
आजको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति तोक्ने र एजेण्डा तय गर्ने लगायतका कार्यसूची तयार भएको कार्यालय सचिव तामाङले बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












