देउवा सरकारलाई ओलीको कटाक्ष- टालाटुली बटुली, कति राम्री पुतली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बाटुली, कति राम्री पुतलीजस्तो भएको बताएका छन्।
सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको एमालेको १० औं केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको भएको बताएका हुन्।
उनले अब सत्ताको दुरूपयोग गरेर आफूहरूमाथि हमला हुन सक्ने बताए।
‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन्। जनविरोधी काम सुरू गर्छन्,’ ओलीले भने,‘हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’
उनले कांग्रेस र माओवादी दुबैप्रति आक्रोश पोखे।
‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले भने,‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ।’
उनले अब जनदबाबबाट प्रतिक्रियावादीहरूलाई गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्ने, आफ्नो सरकारले गरेको राम्रो कामको प्रचार गर्ने, वर्तमान सरकारको भण्डाफोर गर्नु पर्ने बताए।
एमाले चिचिलो काँक्रोजस्तो अरूले औंला ठडाएर देखाउँदा झरेर जाने चिज नभएको ओलीको भनाइ थियो।
‘जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस्,’ ओलीले भने।
सम्बोधनका क्रममा उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध पनि खनिए।
‘हामीले १० बुँदे स्वीकार गर्यौं, माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्ने भन्ने आयो। तर अहिले कोटेश्वर घर पुगेका कार्यदलका सदस्यलाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो,’ ओलीले भने,‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकतावद्ध बनाऔं भन्दा म विधि-निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए।’
उपाध्यक्ष भीम रावलले सांसदबाट राजीनामा दिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।
‘हतारिएर किन राजीनामा दिएको, सल्लाह गर्नु पर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू,’ उनले भने।
आजको बैठकले देउवाको पक्षमा विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
बैठकमा बोल्दै ओलीले भनेका थिए- पार्टीमा गुटबन्दी महारोगको नेतृत्व गर्ने माधव नेपालहरूले गरेको गद्दारीका लागि कारबाही गर्ने र फ्लोर क्रस गर्ने अरू सबैलाई २४ घन्टे स्पष्टीकरण सोध्ने। गल्ती स्वीकार गरेर आउनेलाई अन्तिम अवसर दिने।
भोलि दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीले यसको बाँकी प्रक्रिया पूरा गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
आजको बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावलाई पनि पारित गरेको छ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











