विप्लवको दौडधूपः वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?
काठमाडाैँ । मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।
मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।
मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता ।
मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट ।
मिति २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता ।
मिति २०७८ साउन ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता ।
खुला राजनीतिमा आएपछि पनि झण्डै पाँच महिनासम्म ‘गुमनाम’ बनेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनबुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
पछिल्ला एक साताभित्र चन्दले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
राजनीतिक भेटवार्ता मूलतः सरकार र नेकपाबीच गत फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको प्रस्ट देखिएको छ । विशेषतः प्रचण्डसँगको भेटमा चन्दले ओली नेतृत्वको सरकारसँग भएका सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कुन ढङ्गले ग्रहण गर्छ भन्ने विषयमा कुराकानी गरेको बुझिएको छ ।
नेकपाका नेता धर्मेन्द्र बाँस्तोला मुख्यतः दुई बुँदामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता भएको बताउनुहुन्छ । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक जटिलताको निकासका बारेमा महासचिव चन्दले छलफल गरेको उनले बताए ।
“भेटवार्ताका क्रममा हामीले तीनबुँदे सहमति कार्यान्वयनमा भइरहेको ढिलाइका बारेमा जिज्ञासा राख्यौँ, सहमतिको कार्यान्वयन गरौँ भन्ने विषयलाई जोड दियौँ”, उनले भने, “विभिन्न पार्टीका नेतासँग भएका भेटमा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भए ।”
नेकपाले सरकारसँग प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद निर्माणका लागि बहस र छलफल चलाउने तीनबुँदे सहमति गरेको थियो । सोही सहमतिका आधारमा सरकारले नेकपाको गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । सरकारसँग भएको सहमतिअनुसार पक्राउ परेका कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले सहमतिको कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै आएको छ ।
अझै पनि नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा थुनामा छन् । “अझै १२० भन्दा बढी हाम्रा कार्यकर्ता कारागारमा छन्”, नेता बाँस्तोलाले भने, “कार्यकर्ता रिहाइमा भएको ढिलाइ विषयमा पनि भेटमा छलफल भएको हो ।”
मोहन वैद्यसँगै तत्कालीन नेकपा (एकीकृत माओवादी) फुटाएर अलग्गै पार्टीमा लाग्नुभएका चन्दको वैद्यसँगको सहकार्य पनि लामो समय जान सकेन । वैद्यको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै उहाँले छुट्टै पार्टी बनाएर अगाडि बढ्नुभयो । ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपाको गतिविधि गैरराजनीतिक प्रकृतिको भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।
वामपन्थी विश्लेषक श्याम श्रेष्ठ चन्दको भेटवार्ताको शृङ्खलालाई दुई कोणबाट हेर्नुपर्ने बताउँछन् । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र कार्यकर्ता रिहाइसँगै वामपन्थी एकताको सम्भावनाका विषयमा चन्दले छलफल गरेको हुनसक्ने उनको ठम्याइ छ ।
“विप्लव खुला राजनीतिमा आएपछि अब उहाँको बाटो के त ?”, उनले भने, “डा भट्टराई, माधव नेपाल, प्रचण्डसँगको भेटवार्तामा के वामपन्थी मिल्न सक्छन् भन्ने विषयमा छलफल भएको हुनसक्छ ।” वामपन्थी एकताका लागि दाहाल, नेपाल र चन्दबीच कुराकानी भए पनि त्यसले मूर्त रुपमा पाउन कठिन देखिएको उनको भनाइ छ । “वैचारिक र सैद्धान्तिक छलफल गहिरोसँग गरेर, मिलन विन्दु पहिल्याएर, कामकारबाहीमा एकरुपता ल्याएर गरेको एकता टिकेको देखिन्छ, सैद्धान्तिक विषय नटुङ्गीकन भएका एकता टुटेका छन्”, श्रेष्ठले भने ।
वामहरुको एकता तत्काल सम्भव नभए पनि गठबन्धन लामो समयसम्म टिक्न सक्ने उनको बुझाइ छ । विश्लेषक श्रेष्ठ माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र चन्द नेतृत्वको नेकपाबीचको ‘एलायन्स’ सम्भव देख्नुहुन्छ । “चन्द सशस्त्र सङ्घर्षको बाटोमा हुनुहुन्थ्यो, सशस्त्र सङ्घर्ष त्यागेपछि उहाँको बाटो के त अब ? त्यसो भएकाले यी तीन पक्षबीच गठबन्धन हुन सक्छ”, उनले भने, “तर पार्टी एकता हुन सक्दैन ।”
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












