बैंकिङ सिष्टम ह्याक प्रकरण : आतंकित नहुन राष्ट्र बैंकको अपिल
काठमाडौं । बैंकिङ प्रणाली ‘ह्याक’ गर्ने धम्कीसहितको इमेल र फोन आएपछि नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था सतर्क देखिएका छन् ।
बुधबार अपराह्न नेपाल राष्ट्र बैंकसहित विभिन्न १६ बैंकको सिस्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले आफ्नो ‘सिस्टम चेक’ गरिरहेका छन् ।
उक्त धम्कीपछि बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका सबै प्रणालीको परीक्षण भइसकेको छ । राष्ट्र बैंकसहित कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रणालीमा कुनै पनि छेडखानी नभएको राष्ट्र बैंकको डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् ।
“आरटीजीएस प्रणाली, जीएल प्रणाली, एनसीएचएल प्रणाली र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ सिस्टम लगभग चेक भइसकेको छ । भेरिफाइड फायरवालमा कुनै पनि आक्रमण भएको छैन,” मिश्रले भने, “ह्याकिङ गर्ने भन्दै इमेल गरेर अफवाह र आतंक फैलाउन खोजेजस्तो देखिन्छ । आम सर्वसाधारणमा राष्ट्र बैंकको तर्फबाट सबैको पैसा सुरक्षित छ, कुनै चिन्ता लिनुपर्ने अवस्था छैन, ढुक्क हुनुहोस् भन्ने अपिल छ ।”
‘इनिसियल सेक्युरिटी असिस्मेन्ट’का अनुसार सबै प्रणालीहरु सुरक्षित रहेको उनले बताए । नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंकको सिस्टम ह्याक गरेर पैसा चोरी गर्ने धम्कीसहित इमेत आएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो ।
नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि धम्कीपुर्ण इमेल आए पनि अहिलेसम्म बैंकिङ सिस्टममा कुनै पनि छेडखानी नभएको बताउँछन् । “उक्त इमेल आएपछि हामी सजग भएका छौँ, तर कुनै छेडखानी भएको छैन,” उनले भने, “उक्त धम्कीले हामीलाई झनै सचेत गराएको छ ।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












