आफूले बनाएको घर छाडेर हिड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न : माधव नेपाल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुकर्म सहेर सधैँ बस्न नसकिने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यसो भनेका हुन्।
प्रमुख अतिथिका रुपमा कार्यक्रममा बोल्दै नेता नेपालले पुष्पलालपथले कहिल्यै निरंकुशता नसहने उल्लेख गरे। उनले कम्युनिष्ट पार्टी सधैँ इमान्दारहरुबाट बन्नुपर्ने, सत्ता र शक्तिको लोभ गर्न नहुनेमा जोड दिए। उनले छिमेकी चीनमा कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी मनाइरहँदा नेपालमा भने त्यसको ठीक विपरीत अवस्था रहेको उल्लेख गरे।
तर नेपालमा त्यसको ठीक विपरीत टुटफुटमै अल्मलिने अवस्था बनिरहेको उनले बताए। ‘राजनीतिक दलहरु ठीक ढंगले चल्न जरुरी छ’, उनले भने, ‘कम्युनिष्ट बिग्रेमा अरुभन्दा धेरै गन्हाउने भएकाले त्याग, तपस्या, स्वार्थरहित हिसाबले पार्टीमा लाग्नुपर्छ।’
एमालेमा जारी विवादमा आफू अहिले पर्ख र हेरको अवस्थामा रहेको बताएका छन्। ‘आफैँले बनाएको घरमा अरुको अपमान र कुकर्म सहेर बसिँदैन’, उनले भने, ‘शक्तिमा जो पुगेपनि सच्चा कम्युनिष्टलाई फरक पर्दैन। किनकी कम्युनिष्ट कसैको दास हुन सक्दैन।’
उनले आफूविरुद्ध भइरहेका जुलुसले केही फरक नपर्ने बताए। ‘अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक पर्दैन’, उनले भने, ‘कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने र अरुको मानसम्मान गर्नेले मात्रै त्यसको प्रतिफल पाउँछन्।’
उनले कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुनेमा पनि जोड दिएका छन्। अनेक चुनौती चिरेर नै कम्युनिस्ट राजनीति परिपक्व हुने उनको तर्क थियो। उनले एमालेभित्रका अनेक घाउखटिराले आफूलाई सताइरहेको पनि जिकिर गरे।
यही आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अध्यक्ष ओलीले नेपालसहित २२ सांसदलाई कारबाही अघि बढाउन बुधबार स्पष्टीकरण सोधेर पठाएका छन्। नेपाल समूहसँग यसअघि दुई पटकसम्म एमालेले स्पष्टीकरण सोधेको थियो। नेपाललाई ओलीले एक पटक पार्टीबाट हटाइसकेका छन।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












