चुरे संरक्षणका लागि हरित अभियान
काठमाडाैँ ।चुरे संरक्षणका लागि हरित अभियान नेकपा माओवादी केन्द्रका स्थायी सदस्य गिरिराजमणि पोखरेलले हरित अभियान सुरु गरेका छन् ।
आईतबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले हरित अभियान सुरु गरेको जनाएका हुन् ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पोखरेलले जिल्लाको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट सो अभियान शुरु गरेको जनाइएको छ । उनले चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा ३ लाख विरुवा वृक्षारोपण गर्ने जानकारी दिए ।
पूर्वमन्त्री पोखरेलले भने– ‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृति बीचको स्वास्थ्य सम्बन्धलाई पुनःस्थापित गराउने पहल गरेका छौँ । यस अभियानले समुदायले भोगिरहेको विभिन्न समस्याहरुलाई क्रमागत रुपमा निर्मूल पार्न सहयोग गर्ने छ ।’ उनले यस अभियानमा आबद्ध हुन सरोकारवाला संघ, संस्था, क्लब र समूहलाई आह्वान समेत गरेका छन् ।
उनले चुरे क्षेत्रमा बढिरहेको वन विनाश, अनियन्त्रित भू–उपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्याधिक उत्खनन जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरणमा निरन्तर ह्रास भएको बताए । उनले भने, ‘यसको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरुभूमिकरण गरिरहेको देखिन्छ ।’
हरित अभियानले परिस्थिति प्रणालीको पुनःस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
अर्को प्रशंगमा उनले विकास निर्माणले केही विनास अवश्य भएपनि विकाससंगसंगै वृक्षारोपण अभियानलाई संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












