जसपाका नेताहरू निर्वाचन आयोगमा, पार्टीकाे वैधानिकता आजै टुङ्गिने
काठमाडाैँ । जसपाको वैधानिकताको परीक्षण निर्वाचन आयोगमा भइरहेको छ ।
त्यसका लागि आयोगले जसपाका दुवै पक्षलाई बोलाएर केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदैछ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको चरणमा छ । त्यही विभाजनको चरणमा आधिकारिक दल कसको हुने भन्ने लडाइँ निर्वाचन आयोगसम्म पुगेको थियो ।
आयोग पटकपटक छलफल र बहसपछि अन्तिम निर्णय लिने तयारीमा छ । त्यही तयारीका क्रममा दुवै पक्षमा खुलेका कार्यकारिणी सदस्यलाई हस्ताक्षरका लागि आयोगमा बोलाएको हो । आयोगमा भेला भएर जसको पक्षमा बहुमत सदस्य देखिन्छ, त्यही पक्षले पार्टीका आधिकारिता पाउनेछ ।
पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह पाउने पक्ष आधिकारिक हुन्छ । र, अर्को पक्षलाई आयोगले नयाँ पार्टी दर्ता गर्न आव्हान गर्नेछ ।
निर्वाचन आयोगबाट आधिकारिकताका लागि उपेन्द्र यादव पक्ष अहिलेसम्म बलियो देखिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२ जना यादवको पक्षमा खुलेका छन् । र, उनीहरू आइतबार दिउँसैदेखि गोदावरी रिसोर्टमा बसेका थिए ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











