गंगा चौधरीको आरोप- माधव नेपालले थारुहरूको अपमान गरेर अधिनायकवादी चरित्र देखाए
काठमाडाैँ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले थारु समुदायको अपमान गरेको आरोप लगाएकी छिन् ।
मंगलबार संसदको शून्य समयमा बोल्दै उनले नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद नारदमुनि रानाप्रति गरेको व्यवहारले थारु समुदायको अपमान भएको बताएकी हुन् ।
‘१० साउनमा समितिको बैठकमा भएको घटनालाई समस्त थारु समुदायको अपमानका रूपमा लिन सकिन्छ । यो विषय नारदमुनि रानाको मात्रै होइन । जुन दृश्य समितिमा देखियो, त्यसले सदियौँदेखि थारु समुदायमाथि शोषण गरेको झझल्को दिलायो,’ उनले भनिन् ।
नेता नेपालले समितिमा अधिनायकवादी चरित्र प्रस्तुत गरेको चौधरीको आरोप छ । उनको प्रस्तुतिले संविधानले दिएको मौलिक हक हनन् भएको र वाक स्वतन्त्रताप्रति गम्भीर आघात पुगेको उनले बताइन् । ‘हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन,’ उनले भनिन् ।
वरिष्ठ नेता नेपालले रानाप्रति आक्रोशित हुँदै प्रतिगमनको मतियार भएर नबस्न भन्दै राजीनामा दिन भनेका थिए ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












