बालुवाटार बैठक : गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीको पछि नलाग्न सुझाव दिएका छन् ।
मंगलवार साँझ अमेरीकी सहायक विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएको थियो । आज बसेको गठबन्धनको बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाएका हुन् ।
बैठकपछि कुरा गर्दै केसीले आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको प्राथमिकता कोभिडविरुद्ध नभइ एमसीसी र संघीयता बलियो बनाउनेतर्फ देखिएको बताए ।
केसीले भने, ‘साथीहरू त सुध्रेलान भनेको फेरि उस्तै । एमसीसी कसरी पास गर्ने ?संघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने ? अहिले हाम्रो प्राथमिकता के हो ? मैले यही कुरा राखेको हुँ ।’
केसीले बैठकमा पनि सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । बैठकमा राजमो अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












