‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् ।
चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए ।
अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै दिएको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले ब्याजदर नबढोस्, अर्थतन्त्रलाई नकारात्मक असर नपरोस भनेर केही सुझाव भने दिएको बताए ।
‘राष्ट्र बैंक आफैमा स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो’ उनले भने, ‘मैले गभर्नरसापलाई मेरो यी हुन् सुझाव भनेर केही सुझावहरुमात्रै दिएको छु ।’
नयाँ सरकार गठन भएको र आर्थिक अध्यायदेश संसदमा टेबल भई यसलाई टुङ्याउन बाँकी रहेको भन्दै उनले समयलाई भन्दा पनि विषयवस्तुलाई राष्ट्र बैंकले बुझेर मौद्रिक नीति ल्याउने बताए ।
सरकारको नीति तथा कार्यक्रमलाई समेत सहज हुने गरी हरेक आर्थिक वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । तर आर्थिक वर्षको अन्त्यमा सरकार परिवर्तन भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकमा समेत ढिलाइ गरेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












