‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् ।
चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए ।
अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै दिएको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले ब्याजदर नबढोस्, अर्थतन्त्रलाई नकारात्मक असर नपरोस भनेर केही सुझाव भने दिएको बताए ।
‘राष्ट्र बैंक आफैमा स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो’ उनले भने, ‘मैले गभर्नरसापलाई मेरो यी हुन् सुझाव भनेर केही सुझावहरुमात्रै दिएको छु ।’
नयाँ सरकार गठन भएको र आर्थिक अध्यायदेश संसदमा टेबल भई यसलाई टुङ्याउन बाँकी रहेको भन्दै उनले समयलाई भन्दा पनि विषयवस्तुलाई राष्ट्र बैंकले बुझेर मौद्रिक नीति ल्याउने बताए ।
सरकारको नीति तथा कार्यक्रमलाई समेत सहज हुने गरी हरेक आर्थिक वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । तर आर्थिक वर्षको अन्त्यमा सरकार परिवर्तन भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकमा समेत ढिलाइ गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












