ओली र नेपालबीच संवाद गराउन दोस्रो तहका नेताहरू सक्रिय
काठमाडाैँ । आन्तरिक विवाद चुलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादका लागि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्।
ओलीनिकट नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलले ओलीसँग भेटेर कुरा गर्न नेपाललाई आग्रह गरेका छन्।
बिहीबार संसदीय दलका उपनेता नेम्वाङ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। भेटमा आफूले अध्यक्ष ओलीसँग भेट्नुस् भनेको उनले बताए।
‘उहाँ -नेपाल_ अलि परै हुनुहुन्छ। हामीले कोशिश गरिरहेका छौं। दुई जना भेट्नुस् भनेका छौं,’ नेम्वाङले भने,‘ कतिपय कुरा उहाँहरूकै बीच गर्न मिल्छ। हामीले त कार्यदलका तर्फबाट १० बुँदे बनाएका छौं। त्यही कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। अरू केही कुरा गर्नुपर्ने हुन्छ भने त्यो उहाँहरूले गर्ने हो।’
नेम्वाङले आज बिष्णु पौडेलले नेता नेपाललाई भेट्ने जानकारी दिए। नेम्वाङ र पौडेल दुबै जना विवाद समाधान कार्यदलमा थिए।
उक्त कार्यदलले बनाएको प्रतिवेदन नेता नेपालले स्वीकार गरेका छैनन्।
नेपालसहित २२ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि ओली समूहले उनीहरूलाई स्पष्टिकरण सोधेको थियो। पछि ओलीले सबैलाई ‘आममाफी’ भएको बताएका थिए।
नेता नेपालले भने ओलीसँग भेट्न चासो देखाएका छैनन्। एमालेलाई कुनै सर्तबिना २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने उनको अडान छ। कार्यदलले बनाएको प्रतिवेदनमा जेठमा फर्किने त भनिएको छ तर जेठ ३ र २०७७ फागुन २८ को निर्णय पनि मान्नुपर्ने उल्लेख छ। नेपाल त्यसमा असन्तुष्ट छन्।
नेपाल समूहले केही समयअघि प्रधानमन्त्री हुँदा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको थियो। विभिन्न जिल्लामा समानान्तर कमिटी पनि गठन गरिएको थियो। प्रतिगमन गरेर आफूहरूलाई आन्दोलनमा जान वाध्य पार्ने ओलीले आत्मआलोचना गर्नु पर्ने नेपालनिकट तेस्रो तहका नेताहरूको माग छ।
अध्यक्ष ओलीले भने पहिला जे-जे भयो अब मिलेर काम गरौं भन्ने गरेका छन्। उनले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












