प्रधानमन्त्री देउवाले रोके डा. गौतमको सरुवा
काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाकाे निर्देशनमा राेकिएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनपछि गौतमसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जनाको जिम्मेवारी हेरफेर स्थगित गरिएको हो।
सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्री स्तरीय निर्णय गर्दै युनिफाइड केन्द्रीय अस्पतालमा डा. गौतमको ठाँउमा डा. रुद्र मरासिनी, मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डाक्टर विवेककुमार लाल, सार्क क्षयरोग केन्द्रमा डा. रीता भण्डारी जोशीलाई जिम्मेवारी तोक्ने निर्णय गरेका थिए। डा. गौतमलाई भने प्रसूति गृहमा सरुवा गरिएको थियो।
सो निर्णय सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गर्दै निर्णय कार्यान्वयन नगर्न भनेको हो।
‘स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री देउवा आफूले सम्हालेको हुँदा हाललाई यो निर्णय नगर्न निर्देशन भएकोले स्थगित गरिएको हो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।
यता, प्राध्यापक डा. गौतमले पनि सरुवासम्बन्धि पत्र आफूले नपाएको भन्दै पूर्ववत् रूपमा युनिफाइड केन्द्रीय अस्पताल पुगेर काम काज गर्ने बताए। ‘मैले पनि सञ्चारमाध्यमबाट सुनेको हूँ। पत्र त पाएको छैन। त्यसैले म त पूर्ववत् रूपमा नै काम गर्नुपर्ने हुन्छ,’ उनले भने।
मन्त्रालयले स्रोतका अनुसार राज्यमन्त्रीलाई नभएको अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्णय गरेको हुँदा विवादित हुने भन्दै हाललाई निर्णय स्थगित गरिएको बताइएको छ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












