प्रधानमन्त्री देउवाले रोके डा. गौतमको सरुवा
काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाकाे निर्देशनमा राेकिएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनपछि गौतमसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जनाको जिम्मेवारी हेरफेर स्थगित गरिएको हो।
सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्री स्तरीय निर्णय गर्दै युनिफाइड केन्द्रीय अस्पतालमा डा. गौतमको ठाँउमा डा. रुद्र मरासिनी, मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डाक्टर विवेककुमार लाल, सार्क क्षयरोग केन्द्रमा डा. रीता भण्डारी जोशीलाई जिम्मेवारी तोक्ने निर्णय गरेका थिए। डा. गौतमलाई भने प्रसूति गृहमा सरुवा गरिएको थियो।
सो निर्णय सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गर्दै निर्णय कार्यान्वयन नगर्न भनेको हो।
‘स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री देउवा आफूले सम्हालेको हुँदा हाललाई यो निर्णय नगर्न निर्देशन भएकोले स्थगित गरिएको हो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।
यता, प्राध्यापक डा. गौतमले पनि सरुवासम्बन्धि पत्र आफूले नपाएको भन्दै पूर्ववत् रूपमा युनिफाइड केन्द्रीय अस्पताल पुगेर काम काज गर्ने बताए। ‘मैले पनि सञ्चारमाध्यमबाट सुनेको हूँ। पत्र त पाएको छैन। त्यसैले म त पूर्ववत् रूपमा नै काम गर्नुपर्ने हुन्छ,’ उनले भने।
मन्त्रालयले स्रोतका अनुसार राज्यमन्त्रीलाई नभएको अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्णय गरेको हुँदा विवादित हुने भन्दै हाललाई निर्णय स्थगित गरिएको बताइएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












