रामचन्द्र पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला
काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू काठमाडौंमा भेला हुने भएका छन्।
साउन २५ गते जिल्ला सभापतिहरू भेला हुने तयारी छ। एक जना जिल्ला सभापतिले महाधिवेशन अन्योलमा परेको अवस्था रहेकोले भेला गर्न लागिएको बताए।
‘महाधिवेशन अन्योलमा परेको छ। पार्टीलाई संकटबाट टार्न सुझाव दिन बैठक गर्दैछौं,’ ती सभापतिले भने, ‘समयमै महाधिवेशन गर्न दवाव दिनुपर्ने अवस्था पनि छ।’
पौडेलसहित नेताहरू बिहीबार पनि बेग्लै भेला गरेका थिए।
पौडेल पक्षले भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमितिलाई मान्न नसकिने चेतावनी दिँदै भदौ १६ देखि १९ मै महाधिवेशन गर्न आग्रह गरिरहेको छ।
साथै महाधिवेशन सम्भव अहिले नदेखिए विशेष महाधिवेशन गर्न पौडेल पक्षको माग छ। तर सभापति देउवाले भदौमै महाधिवेशन गर्न आफू तयार रहेको बताइरहेका छन्।
कांग्रेसमा क्रियाशील सदस्यतामा देखिएको विवाद पनि समाधान हुन सकेको छैन। कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ।
बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील विवाद छ। क्रियाशील विवाद टुंग्याउन शीर्ष नेतालाई जिम्मेवारी दिए पनि अहिलेसम्म समस्या समाधान भइसकेको छैन।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












