ओलीले संसदमा उठाए माओवादी लडाकु ‘क्यान्टोन्मेन्ट’ को भ्रष्टाचार
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादी लडाकुको क्यान्टोन्मनेटमा भएको भनिएको भ्रष्टाचार मुद्दा संसदमा उठाएका छन्।
सरकारबाट बाहिरिएपछि पहिलो पटक मंगलबार प्रमुख प्रतिपक्षी नेताका रुपमा बोल्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडसहित जोडिएको भनिएको क्यान्टोनमेन्ट भ्रष्टाचार मुद्दा उठाएका हुन्।
‘संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुसी लाग्यो’, उनले भने, ‘भ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ यसबारे छानबिन गरेर सरकारले देखाओस्।’
ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिए। ‘ललिता निवास र मातातीर्थको जग्गाको पनि छानबिन गर्छ होला। सर्दु जलाधार क्षेत्रको पनि क्लियर हुन्छ होला’, उनले भने।
स्मरणीय ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार मुछिएका छन्। उता मातातीर्थको सरकारी जग्गा विक्री प्रकरणमा जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई मुछिएका छन्।
उनले सरकारले जनयुद्धका घाइतेहरुको उपचार गर्न पनि सरकारलाई आग्रह गरे। ‘जनयुद्धका घाइतेहरुको उपचार सरकारले गर्छु भन्नुस्’, उनले भने, ‘यदि सरकारले सक्दैन भने एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पठाउनु म उपचार गर्छु।’
ओलीले मधेस आन्दोलन अगाडि रौतहटको गौरमा २२ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको पनि छानबिन गर्न चुनौती दिए।
‘गौर हत्याकाण्डको यति समय भयो, खोइ त छानबिन गरेको?’, ओलीले सोधे, ‘लौ त छानबिन गरेर देखाउनुस्।’ गौर हत्याकाण्डमा हालको सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मुछिएका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












