केन्द्रीय समितिअघि आगामी महाधिवेशनबारे रणनीति तय गर्दै देउवा
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू बुधबार बिहानै बुढानीलकण्ठ पुगेका छन् ।
दिउँसो कांग्रेस पदधिकारी (शीर्ष नेता)हरूको बैठक बस्ने भएपछि अहिले देउवा पक्षका केही नेताहरू बुढानिलकण्ठमा भेला भएका हुन् । बिहीबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारी स्वरुप यो बैठक तय भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खढ्काले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा महाधिवेशन र सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने भएकोले पूर्व तयारी गर्न आज बैठक बस्न लागेको बताइएकाे छ । भदौमा महाधिवेशन गर्न दबाबमा रहेका देउवा त्यसलाई टारेर मंसिर पुर्याउने ध्येयमा छन्।
देउवाले अब केहीबेरमा चल्ने बैठकमा सरकार संचालन, मन्त्रिपरिषद् विस्तारमा गठबन्धनको हडललगायतका विषयमा छलफल गर्दै आफू निकटका नेताहरूको राय लिने बताइएको छ ।
छलफलमा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री खड्का, प्रकाशशरण महत, रमेश लेखक, नारायण खड्कालगायत रहनेछन् । उक्त बैठकपछि दिउँसो भने रामचन्द्र पौडेल र शशांक कोइरालासहितको बैठक बस्नेछ ।
प्रधानमन्त्री भएपछि उनले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नगर्ने भने अनुसार उनी पार्टी कार्यालयभन्दा देउवा निवासमा गएर छलफल गर्न लागेका हुन । उनले पार्टीको अधिकांश बैठक देउवा निवासमा नै छलफल गरेका छन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












