वामदेवजस्तो अपमानित भएर बस्न नपरोस् भनेर लडिरहेका छाैँ : माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घर न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र संघर्ष गरिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘वामदेव कमरेडजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था नआओस्। घरको न घाट भएर बस्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्छौँ।’
उाले कम्युनिष्ट पार्टीमा व्यक्तिवादी हावी भएको टिप्पणी गरे। नेता नेपालले भने, ‘समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुल्यो। अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको छ। यहाँ सत्ताको मात मौलाएको छ।’
तर, आफूहरुले जनताको सात नछाडेको जिकिर गरे। समस्यालाई छाडेर भाग्ने प्रवृत्तिको आफू नभएको उनको भनाइ छ। ‘समस्यालाई छाडेर भाग्ने नभएर सामाना गरेर धेरै मान्छेलाई साथमा लिएर अगाडि बढ्ने क्षमता राख्छौँ‚’ उनले भने, ‘कम्युनिष्ट घोषणपत्रलाई आत्मसात् नगर्नेले कम्युनिष्ट पार्टी भनेर हिँड्नुको अर्थ छैन। देश जनता र समाजका लागि काम गर्न सक्यौँ भने पार्टी लोकप्रिय हुन्छ। कम्युनिष्ट पार्टी मात्रै नभएर राजनीतिप्रति नै युवाहरुको वितृष्णा पैदा भएको छ।’
पार्टीभित्रको नोकरशाही प्रवृत्ति हावी भइरहेको उनको भनाइ छ। गलत प्रवृत्तिविरुद्ध कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताए। कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु भएकाले चुनौतीबिनाको कुनै पनि पार्टी नभएको नेता नेपालले बताए।
गलत र अहंकारी प्रवृत्तिकै कारणले आफूहरु प्रति जनविश्वास खस्किँदै गएको उनको भनाइ छ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












