अखिल( क्रान्तिकारी) जुट्यो राष्ट्रिय सम्मेलनको तयारीमा
प्रतिनिधि छनोट तथा व्यवस्थापन उपसमितिको जिम्मेवारी उपाध्यक्ष भण्डारीलाई
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आसन्न २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।
आगामी असोज ८ गतेदेखि १० गतेसम्म निर्धारित राष्ट्रिय सम्मेलनको पूर्वतयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
सम्मेलनको तयारीबारे आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले बताए ।
कुन उपसमितिको संयोजक को ?
सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष सुरेन्द्र बस्नेत छन् । यसैगरी प्रतिनिधि छनोट तथा व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी अर्का उपाध्यक्ष तिलक भण्डारीले पाएका छन् ।
अतिथि व्यवस्थापन उपसमिति संयोजकमा दीपक देवकोटा, आर्थिक उपसमिति संयोजक पञ्चा सिंह, मञ्च व्यवस्थापन उपसमिति संयोजक विजय गौतम, स्वयंसेवक उपसमिति संयोजक इन्द्र भुसाल, स्वास्थ्य उपसमिति संयोजक दिपेश पुन र कार्यालय व्यवस्थापनको जिम्मेवारी रविकिरण यादवलाई दिइएको छ । विधान उपसमिति संयोजकमा उत्तम अधिकारी छन् ।
अधिकारी अखिल क्रान्तिकारीका महासचिव हुन् भने उपसमितिका अन्य संयोजकहरु सबै उपाध्यक्ष हुन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












