महन्थ ठाकुर पक्ष ‘जसपा लोकतन्त्रिक’ पार्टी दर्ता गराउने तयारीमा
काठमाडाैँ । जसपाको असन्तुष्ट महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेको छ ।
राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएसँगै ठाकुर-महतो पक्ष दल दर्ताको तयारीमा लागेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढेपछि ठाकुर-महतो पक्ष विभाजित हुने तयारीमा थियो ।
त्योभन्दा पहिला नै जसपाको आधिकारिता विवाद बढेको थियो र त्यो विवादमा बहुमत पक्षले यादवलाई साथ दिएका कारण ठाकुर-महतो पक्ष दलविहीन बन्न पुगेका थिए । उनीहरूसँग जोडिएका सांसदहरूलाई कारबाही भने भइसकेको थिएन । ३२ जनामध्ये १२ जना सांसद ठाकुर पक्षमा छन् ।
त्यही संख्याका आधारमा दल दर्ताको प्रयास भएको हो । ठाकुरनिकट एक नेताका अनुसार जसपाको नाममा अघिपछि केही फुर्को जोड्ने भनिएको छ । अहिले उनीहरूले जसपा लोकतान्त्रिक नाममा नयाँ पार्टी दर्ता गर्न खोजिरहेको ती नेताको भनाइ छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












