कांग्रेस क्रियाशील सदस्यता विवाद आज टुंग्याइँदै
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद आजै टुंगो लगाइने भएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले आज साँझ ५ बजेभित्रमा प्रतिवेदन बुझाउने जनाएको छ ।
समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन । ती जिल्लामा पुरानै सदस्यताबाट अधिवेशन गराउने वा प्रक्रिया पुगेबाहेकका सदस्यतालाई मात्रै स्थगन गर्ने भन्नेमा सहमति जुटेको छैन । समितिका सदस्यहरु अहिले आन्तरिक छलफलमा छन् ।
अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्नेछ । सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ ।
आज सहमति जुट्न नसके समितिका नेताहरुले आफ्नो रायसहितकै प्रतिवेदन बुझाउने भएका छन् । ‘आज ५ बजेसम्म बाँकी विवाद टुंग्याउन प्रयास गर्छौ । सहमति बन्यो भने बन्यो बनेन भनेपनि आ–आफ्नो रायसहितको प्रतिवेदन बुझाउँछौ’, समितिका एक नेताले भने ।
कांग्रेसको वडा अधिवेशन भदौ १८ गते हुँदैछ । क्रियाशील सदस्यता नटुंगिए पनि निर्वाचन समितिले अन्य तयारी थालिसकेको छ । क्रियाशील टुंगिनासाथ सबै जिल्लामा क्रियाशील सूची, निर्वाचन निर्देशिका र अन्य आवश्यक कागजातसहित प्रतिनिधि र निर्वाचन संयोजकहरु खटिनेछन् ।
पहाडी जिल्लाहरुमा आवश्यक परे हेलिकप्टरबाटै आवश्यक सामाग्री ढुवानी गर्ने कांग्रेसको तयारी छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












