बालकोट पुगेर ओलीलाई अष्टलक्ष्मीले भनिन्ः ‘मूल नेतृत्व तपाईं नै हो, साथ दिन तयार छौं’
काठमाडाैँ । पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
पार्टी विभाजनका क्रममा माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरूले बालकोटस्थित ओलीको निजी निवास पुगेर सोमवार छलफल गरेका हुन् ।
यसअघि माधव नेपाल पक्षका भनेर चिनिएका एमाले उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले ओलीलाई पार्टी विवाद मिलाउन मन फराकिलो बनाउन सुझाव दिए ।
ओलीसँग निर्णायक वार्ताका लागि भन्दै बालकोट पुगेका नेताहरू सोमवारको छलफलका क्रममा निकै नरम ढंगले प्रस्तुत भएका थिए ।
नेताहरूको अभिव्यक्ति र हाउभाउ सुन्दा उनीहरूले आफ्नो राजनीतिक भविष्यको सुनिश्चितता खोजेको जस्तो देखिएको स्रोतले बतायो ।
हालै बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आफूहरूको मूल नेतृत्व ओली नै भएको बताइन् । आफूहरूको साथ ओलीलाई नै रहने उनको भनाइ थियो ।
‘मूल नेतृत्व तपाईं हो । समस्या समाधान गर्न तपाईं नै लाग्नुपर्छ । त्यसमा साथ दिन तयार नै छौं । साथ दिन तयार नभएको भए त हामी पनि कता कता जान्थ्यौं । आ–आफ्नो ढंगले हिँड्थ्यौ । हामी त गएका छैनौँ नि !’
नेतृत्वले नै पार्टी जोगाउने र बचाउन सक्ने भएकाले अहिले ओलीको भूमिका महत्त्वपूर्ण हुने शाक्यले बताइन् ।
‘नेतृत्वले राम्रो पनि गर्न सक्छ, नराम्रो पनि गर्न सक्छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि सक्छ । मूल नेतृत्व भनेको तपाईं हो । हामी पनि हो । हामी सबै हिसाबले साथ दिन्छौं । नेपालको कम्युनिस्ट आन्दोलन एक ढिक्का भएर एमालेले मात्रै बचाउन सक्छ, भन्ने सन्देश दिएर जुर्मुराएर उठौं ।’
बालकोट पुगेका नेताहरूसँग ओलीले भोलि नै बैठक बसेर १० बुँदे कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेका थिए । शाक्यले ओलीले बैठक बसेर छलफल अगाडि बढाऔं भनेको कुरा सकरात्मक भएको बताइन् ।
छलफलमा उनले भनिन्, ‘कमरेडले भोलि नै बैठक बसौं न त भन्नुभयो । मलाई त राम्रो लाग्यो । राम्रो कामका लागि किन ढिला गर्ने ? यसले एमाले एकताबद्ध भयो भन्ने सन्देश जान्छ ।’
विगतमा कसले के गर्यो भन्ने कुरा बिर्सेर पार्टी जोगाउनु पर्ने शाक्यको भनाइ थियो । ‘हिजो कहाँ के–के भयो सबै छाड्दिनुहोस् । त्यता जाँदा फेरि पनि घाउ बल्झिन्छ, त्यता नजाँदा नै राम्रो हुन्छ’, उनले भनिन् ।
माधव नेपालले नयाँ पार्टी बनाउन हतार गरेको शाक्यले बताइन् ।
‘माधव नेपाल यति छिटो नजानुपर्ने हो । हामी त पर्खेका छौं । युवाहरू पर्खेका छन् । माधव नेपाललाई ल्याउनैपर्छ, एकताबद्ध बनाउनैपर्छ । वामदेव गौतम अस्तिको बैठकमा आउनुभयो भन्ने छ । झलनाथ कमरेड बिरामी हुनुहुन्छ । जो–जो नेताहरू हुनुहुन्छ, सबै एकताबद्ध भएर जुरूक्क उठ्नुपर्छ’, छलफलमा शाक्यले भनिन् ।
पार्टी फुट्दा केही फरक पर्दैन भन्ने सोच नराख्न पनि शाक्यले ओलीलाई आग्रह गरिन् । ‘हामी फुट्यौँ भने केही पनि हुँदैन भन्ने कुरा होइन, मुलुकचाहिँ सिद्धिन्छ । यो टीमले एमाले जोगाउनै पर्छ, बलियो बनाउनै पर्छ । त्यसका लागि मनलाई संकुचित, साँघुरो होइन, फराकिलो बनाउनु पर्छ । मिल्ने भनेपछि अत्यन्तै लचिलो, फराकिलो भएर मिल्ने कुरातिर जाऔं ।’
विभाजन भएर, मन साँघुरो गरेर, पार्टी बेमेल भएर जनतामा जाँदा कस्तो असर हुन्छ भन्ने कुरा बताउन शाक्यले सहाना प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्दाको अनुभव छलफलमा सुनाएकी थिइन् ।
‘२०५४ सालमा साहना प्रधानले पार्टी फुटाइसकेपछि सहाना प्रधानकै क्षेत्रमा उनलाई हराउनुपर्छ भनेर मलाई पठाइएको थियो । त्यसबेला जनताबाट मैले कस्तोसम्म सुन्नपर्यो भन्ने अहिले पनि झलझली सम्झन्छु । जनताको घर घर गएर म पार्टी एकता बचाउँछु भन्नुपर्यो । फूटलाई जनताले कहिल्यै मन पराउँदैनन्’, शाक्यले सुनाइन् ।
छलफलमा उनले बागमती प्रदेश सरकारको अनुभव पनि सुनाइएकी थिइन् ।
प्रदेश सभामा भएका आफ्नै पार्टीका सांसदहरू बीचमा समेत बोलचाल नभएको, सरकार भएको अनुभव गर्न नपाएको अवस्था भोगेको उनले बताइन् । बाग्मती प्रदेशमा एमालेको सरकार जोगाउनका लागि ठूलो मेहनत गरेको र त्यति नगरेको भए अहिले बाग्मतीमा कांग्रेसको सरकार हुन्थ्यो, भन्ने उनको जिकिर थियो ।
उनले भनिन्, ‘हाम्रै मेहनतका कारण एमालेको सरकार जोगाउन सकेका छौं । मेहनत गर्दा, मन फराकिलो गर्दा राम्रो नतिजा आउन सक्छ ।’
पार्टीको तल्लो तहमा समेत विभाजन आएको भन्दै उनले आगामी निर्वाचनमा राम्रो नतिजा नदिने शाक्यले विश्लेषण छ ।
‘यत्रो संघर्ष गरेर आन्दोलनमा लाग्यौँ, हाम्रो भविष्य के हुने हो भन्ने ठूलो चिन्ता तल्लो तहसम्म दुवै पक्षमा छ । तल्लो तहकै पंक्तिले आन्दोलन गर्ने हो, निर्वाचनमा खट्ने हो । उनीहरूकै कारण हामी नेतृत्व गर्ने अवस्थामा छौं । त्यसैले तल्लो तहका पंक्तिलाई केही पनि होइन भन्नुहुँदैन’, उनले ओलीसँगको छलफलमा भनिन् ।
स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले पनि सबै नेतालाई एकजुट बनाउनुपर्ने शाक्यको भनाइ थियो ।
‘अत्याधिक तहमा एमालेले जित्नै पर्छ । त्यसका लागि तयारी गर्न पनि ढिलो भइसक्यो । फराकिलो मन गरेर मिलौं । माधव, झलनाथ, वामदेव सबैलाई एकै ठाउँमा ल्याउने काम गरौं,’ उनले भनिन् ।
मुख्यमन्त्री बन्दा आफूले विभिन्न आरोप सुन्नु परेको भए पनि त्यसलाई परवाह नगरेको उनले बताइन् ।
‘अहिलेको घटनाले मलाई पनि आरोप त लागेकै छ नि ! तर, मलाई त्यसमा परवाह छैन । मुख्य कुरा आन्दोलन जोगाउनु पर्यो भन्ने हो ।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












