चाक्सीबारी बैठक: पौडेलले देउवालाई भेटेर कुराकानी गर्ने
काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने भएका छन्।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने समय लिएको जानकारी दिए।
‘क्रियाशील सदस्यतामा केही व्यवहारिक कठिनाइ आएका छन्। त्यसलाई समाधान गरेर जानुपर्छ,’ रिजालले भने, ‘जिल्ला सभापतिजीहरू पनि अनसनमा बस्नुभएको छ। उहाँहरूले उठाएका मागहरू पनि सम्बोधन गर्नुपर्ने हुन्छ, यसबारे कुरा गर्न वरिष्ठ नेताले सभापतिसँग समय लिनुभएको छ। आजै उहाँहरूबीच भेटेर कुराकानी हुन्छ।’
३८ जिल्लाका क्रियाशील सदस्यको नाम वेबसाइटमा राखे पनि बाँकी ३९ जिल्लाको विवरण पनि राखिनुपर्ने उनी बताउँछन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशीलबारे टुंग्याएका विषय कार्यान्वयनमा आइसकेका छैनन्।
‘हामीले टुंग्याएका विषय कार्यान्वयनमा आइसकेको छैन त्यसैले पनि बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशन भएको छैन,’ उनले भने, ‘सबै समस्या समाधान गरेर अधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खोजि गर्ने नै आजको बैठकको निष्कर्ष हो।’
आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत नेता सहभागी थिए।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












