‘लोकतन्त्र र संविधानको रक्षाका लागि विद्रोह गरेको हौँ’: माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिल्यै अन्य दलसँग एकता हुने सम्भावना नभएको बताएका छन्।
आइतबार संसदीय दलको नेता चयन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै उनले भने‚ ‘हामी अहिले कसैसँग एकताको पक्षमा छैनौँ। हामी कसैसँग विलय हुँदैनौँ। हामी हाम्रो संगठनलाई तल्लो तहसम्म विस्तार गर्छौं। हामीले केन्द्रीयदेखि प्रदेश हुँदै स्थानीय तहसम्मको जनप्रतिनिधिको पद जोगाउँछौँ।’
अध्यक्ष नेपालले पार्टी एकता ओली प्रवृत्तिकै कारण असफल भएको आरोप लगाएका छन्। ‘हामी एकताको पक्षमा थियौँ। तर ओली प्रवृत्तिको कारणले विफल भयो‚’ उनले भने‚ ‘ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रह्यो।’
नेपालले केपी ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाए। पार्टी विभाजनको क्रममा आफूलाई हौँसाएका केही नेताहरुले अन्तिम समयमा आएर धोका दिएको उनले गुनासोसमेत गरे।
ओली सामूहिकताको भावना हटिसकेको भएकाले म नै सर्वेसर्वा म नै पार्टी भन्ने अहमता बढेको टिप्पणी गरे। ओलीले पार्टीमा सबैलाई अपमान गरेको नेपालले दाबी गरे। ओलीसँग जालझेलबाहेक अरु केही नभएको बताए। ओलीले संविधान र लोकतन्त्र विरुद्ध कदम चालेको भएकाले जनता र देशको लागि विद्रोह गरेर रक्षामा उभिएको भनाइ राखे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












