वाईसीएलको नेतृत्व केन्द्रीय समितिबाटै टुंग्याउन प्रचण्डको निर्देशन
काठमाडाैं । योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व चयन केन्द्रीय समितिले गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रको सहायक संगठन भनिएको वाईसीएल नेपालको अध्यक्ष चयनमा भएको विवादका कारण भेलाबाट अध्यक्ष चयन नहुने भएको हो ।
वाईसीएल पदाधिकारीको टोली अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पुगेपछि प्रचण्डले वाईसीएल नेतृत्व विवादका कारण लामो समय हलाई बन्धक बनाउन नहुने र अहिले केन्द्रीय समिति विस्तार गरेर नेतृत्व चयनमा केन्द्रीय समितिलाई नै जिम्मा दिन निर्देशन दिएका हुन् ।
‘खुमलटारमा अध्यक्षले वाईसीएल पदाधिकारीलाई नेतृत्व विवाद समाधान गर्न केन्द्रीय समितिलाई जिम्मा दिने गरि अगाडी बढ्नुस भन्नु भो । भेलाले आज केन्द्रीय समिति गठन गर्नेछ । त्यसपछि केन्द्रीय समितिको बैठकले अध्यक्ष तथा पदाधिकारी चयन प्रक्रियामा आवश्यक निर्णय लिनेछ । यहि स्प्रिडमा काम गर्न निर्देशन भएको छ’, वाईसीएल नेपालका एक पदाधिकारीले भने ।
अहिलेका अध्यक्ष रामप्रसाद सापकोटा उमेर हदका कारण वाईसीएल नेतृत्वमा दोहोरिन नपाउने भएका कारण नयाँलाई नेतृत्व हस्तान्त्रण गर्नुपर्ने भएपनि अध्यक्षमा दुई जनाको दाबेदारी देखिएपछि पदाधिकारी चयन बिना नै भेला सकिन लागेको हो ।
अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका उपाध्यक्ष सुमन देवकोटा ‘अब्दुल’को समेत वाईसीएल विधान अनुसार अबको ६ महिना मात्रै उमेर बाँकी छ भने महासचिव सवोधराज सेर्पालीको भने अझै ४ वर्ष उमेर बाँकी रहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












