ओलीले दायर गरेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेश सभाविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।एमालेका तत्कालीन सांसदहरू माधवकुमार नेपाललगायत १४ जनालाई केन्द्रीय कमिटीको सिफारिस बमोजिम कारबाही नगरेको भन्दै सभामुख सापकोटाविरुद्ध, एमाले विभाजनमा कानुनविपरीत गतिविधि गरेको भन्दै निर्वाचन आयोगविरुद्ध र प्रदेश सभाका २ जना सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकालाई कारबाही सिफारिस गर्दा पनि पदमुक्त नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तीनवटै रिटको पेसी मंगलबारका लागि प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको छ ।
ओलीले भदौ १७ गते रिट दायर गरेका थिए । भदौ १८ गते न्यायाधीश मीरा खड्काको इजलासमा उक्त मुद्दाको पेसी तोकिएकोमा बेन्च बस्न नसक्दा सुनुवाइ भएको थिएन । ती रिट निवेदनको पेसी भदौ २० गते प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको थियो । उक्त दिन प्रधानन्यायाधीशले रिट निवेदन हेर्न नभ्याउँदा सुनुवाइ हुन सकेको थिएन ।
मंगलबारको पेसीमा प्रधानन्यायाधीशको इजलासमा ओलीले दायर गरेका रिटको सुनुवाइ ८, ९ र १० नम्बरमा रहेको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












