परम्परा तोड्दै वाईसीएलको नेतृत्व चयन, ६ महिनाका लागी देवकोटा संयोजक
`राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समिति एकसातामै आयोजक समितिमा रुपान्त्रित'
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को पहिलो केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा `अब्दुल´ र सह-संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको छ ।
आगामी फागुनभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरि वाइसीएलको संयोजक र सह-संयोजक तोकिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा काठमाडौंको अनुपम पार्टी प्यालेसमा बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारी चयन नगरि विघटित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जस्तै अभ्यास गरेको हो ।
वाईसीएलको इतिहासमा परम्परा तोड्दै देवकोटा संयोजक बनेका हुन् । यसअघि गणेशमान पुन अध्यक्ष हुँदा रामचन्द्र (आरसी) शर्मा `विज्ञान´ अध्यक्ष बनेका थिए । भने, आरसीको अध्यक्षतामा बनेको पदाधिकारी टिमका महासचिव दिलिप प्रजापति `भिष्म´ले माओवादी विभाजनमा मोहन वैद्य किरणको पक्षमा लागेपछि तत्कालीन सचिव रामप्रसाद सापकोटा `दिपशिखा´ महासचिव बनेका थिए । त्यसपछि उनै दिपशिखा अध्यक्ष बनेका थिए ।
वाईसीएल पार्टीको सहायक संगठन भनिएपनि आन्तरिक रुपमा लोकतन्त्रको अभ्यास गर्न नदिई माओवादी अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेको गुनासो वाईसीएल वृत्तमा चर्चाको विषय बनेको जनाइएको छ ।
`राष्ट्रिय भेलाबाट केन्द्रीय समिति सदस्य बनेको एक हप्तामै आयोजक समितिमा रुपान्त्रित बनियो । यो कम्युनिष्ट पार्टी र आम युवाले राजनीतिमा लिने स्टेपबारे एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ´, एक आयोजक समिति सदस्यले भने ।
वाईसीएल संयोजक बनेका सुमन प्रचण्डको गृह जिल्ला चितवनका हुन् । भने, सेर्पाली रुकुम पूर्वका हुन् ।
वाईसीएल विधान बमोजिम १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु संगठनमा बस्न पाउने व्यवस्था छ । ६ महिना मात्रै उमेरहद बाँकी रहेका देवकोटालाई वाईसीएलको संयोजकको जिम्मेवारी पुरा गर्नका लागि आगामी फागुनसम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरि जिम्मेवारी सुम्पिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












