माओवादीबाट मन्त्री बन्नेको सूचीमा ‘पहिलो महिला छापामार’ रोकाको चर्चा
काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरुमा आकांक्षीको संख्या धेरै भएपछि कसलाई पठाउने भन्ने विषय पेचिलो बन्ने देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैले सरकारमा मन्त्रीहरुको नाम पठाउन अत्यन्तै सकस पर्ने संभावना देखिएको स्विकार गरिसकेका छन् । तर, माओवादीमा मन्त्रीहरु छान्न सजिलो हुने भने देखिन्न ।
माओवादी केन्द्रबाट मन्त्री हुनेको सूचीको अग्रपंक्तिमा रुकुम पूर्वबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाको पनि चर्चा हुन थालेको छ । माओवादी केन्द्रमा प्रत्यक्ष निर्वाचित सांसदमध्ये अहिले मन्त्री नबनेकी नेतृ रोका मात्रै हुन् । कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बीना मगर यसअघि एमाले माओवादी केन्द्रको पर्टी एकता भई बनेको पार्टी नेकपा हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनिसकेकी छन् ।
भने, ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट पम्फा भुसाल अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जामन्त्री छन् । माओवादी जनयुद्धमा विभिन्न मोर्चामा संलग्न रहेकी रोकाको पनि देउवा नेतृत्वको सरकारमा मन्त्रीको सूचीमा पठाउने नाममा चर्चामा छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत रोकाको बारेमा सकारात्मक रहेको जनाइन्छ । २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा अति दुर्गम मगर किसान परिवारमा जन्मिएकी रोका माओवादीले थालेको १० वर्षे जनयुद्धको पहिलो महिला छापामार समेत हुन् ।
माओवादी जनयुद्धमा विभिन्न मोर्चामा अग्रपंक्तिमा लडेकी उनी जनमुक्ति सेनाको ब्रिगेट कमिसार समेत थिइन् । यस्तै, माओवादीले जनयुद्धको सुरुवात गरेको दिन २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चाैकी आक्रमणको क्रममा पहिलो महिला छापामारको रुपमा समेत सहभागी भएकी थिइन् । कथा तथा निबन्ध लेख्ने उनी अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र ‘सारी सोल्जर’मा रहेका पात्रहरूमध्ये एक हुन् । ‘लुम्बिनी प्रदेशको एकमात्र विकट हिमाली जिल्ला मात्रै नभएर कान्छो जिल्ला पनि भएकाले जिल्लाको सर्वाङ्गीन विकासका निम्ति रुकुम पूर्वले एक पटक मन्त्री पाउँदा ठिक हुन्छ भन्ने मत पार्टीमा पनि बलियो बन्दै गएको छ ।
महिलामा प्रत्यक्ष निर्वाचित पार्टीका तीन सांसदमा उहाँ मात्रै मन्त्री नबनेकाले पनि यो पटक माैका दिनुपर्छ भन्ने मत पार्टीमा बलियो र पेचिलो बनेको छ । यद्यपी पार्टीले के निर्णय गर्छ आजै भन्न सकिने अवस्था भने छैन्’, रुकुम पूर्वका एक नेताले भने । पार्टी संगठनको काममा जिल्ला भ्रमणमा रहेकी सांसद रोकाले भने पार्टीले न्यायोचित निर्णय गर्नेमा आफू आशावादी रहेको जनाइन् ।
‘पार्टी संगठनको कामको सिलसिलामा जिल्लामा छु । पार्टीले जिम्मेवारी दिएको खण्डमा जस्तोसुकै भूमिका निभाउन तयार छु’, संक्षिप्त कुराकानीको क्रममा रोकाले भनिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरुसंग मन्त्रीको नामावली छिटो दिन आग्रह गरिसकेका छन् । अबको केहिदिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरेर तयारी थालिएपछि मन्त्री को को बन्ने भन्नेबारे छलफल सुरु भइसकेको जनाइएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












