बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् ।
आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् ।
आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्न खोजेको मन्त्री शर्माको भनाइ छ ।
मन्त्री शर्माले सरकारले पहिलो पटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रममार्फत सम्झिएको पनि दावी गरे । उनले यो रकम कोरोना प्रभावित अति गरिब परिवारलाई दशैं तिहारजस्ता चाडबाडको मुखमा बाँड्ने सरकारको योजना रहेको बताए । कस्ता परिवारले रकम पाउने भन्ने विषयमा मापदण्डको तयारी भएको उनले जानकारी दिए ।
मन्त्री शर्माले अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी गरेका छन् । पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि उनले बताए ।
‘कुन आयोजनाको प्रगति कहाँ पुग्यो, समस्या भए के छ, निर्माण कम्पनी पुगे नपुगेकोसहितका कार्यहरुको अनुगमन गर्ने गरी संयन्त्र बनाउने मन्त्री शर्माको भनाइ छ ।
सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको भन्दै उनले खर्च प्रभावकारी बनाउन अनुगमनलाई प्राथमिकता दिने बताए ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












