हामी अतिथि होइन, रैथाने लोकतन्त्रवादी हौं : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु पावर केन्द्रित गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।
मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दुल’ विमोचन समारोहमा कांग्रेस नेता दमननाथ ढुंगानाले कम्युनिष्टहरुले लोकतन्त्र नचाहेको र केन्द्रीकृत शासनको पक्षपात गर्न खोजेको आरोप लगाएपछि जवाफमा ओलीले कम्युनिष्टहरु केन्द्रीकृत शासन गर्छन् भन्ने कुरामा भ्रम नपाल्न आग्रह गरे ।
‘कम्युनिष्टहरु चाँहि दमनकारी हुन्छन्, त्यहीकारण फाटो हुन्छ भन्ने कुरा गर्नुभयो । फाटो स्वार्थमा केन्द्रीत हुने, देश र जनताको स्वार्थमा ध्यान नदिने भयो भने हुन्छ,’ ओलीले भने, ‘यो एउटा भ्रम हो, यस्तोमा नफस्नुहोला ।’
ओलीले नेकपा एमाले रैथाने लोकतन्त्रवादी भएको दाबी गरे । ‘लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताले भन्दा हामीले कम योगदान गरेको छैन । फेरि मैले कांग्रेसले कम गरेको छ पनि भनेको छैन,’ ओलीले भने, ‘प्रजातन्त्र अरुले ल्याइदिएको होइन, अरुले ल्याइदिएको प्रजातन्त्र हामीले स्वीकारमात्रै गरेको पनि होइन । हामीले रगत पसिना बगाएर स्थापना गरेको प्रजातन्त्र हो । हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं ।’
उनले अहिले नेकपा एमालेले अपनाएको लोकतान्त्रिक पद्धति र संस्कार सबैभन्दा उत्तम भएको दाबी गरे । ‘नेपालको लोकतन्त्रलाई आकार दिने कुरामा नेकपा एमालेले जुन प्रारुप अघि सारेको छ, त्यो प्रारुप, त्यो खाका अहिलेलाई कसैसँग पनि छैन, चाहे त्यो कांग्रेस होस् वा अरु, हामीले अघि सारेको जस्तो प्रारुप कोहीसँग छैन । किनभने हामी जनताको जनवादबाट निर्देशित छौं । बहुदलीय स्वस्थ प्रतिस्पर्धात्मक प्रणाली हामी मान्छौं,’ ओलीले भने ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












