अखिल (क्रान्तिकारी) मा नेतृत्व बहसः ‘खोजी कुशल संगठकको’
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी स्वरुप प्रदेश सम्मेलनहरु चलिरहेका छन् ।
अखिल क्रान्तिकारीले सातै प्रदेशमा प्रदेश सम्मेलन सम्पन्न गर्न भन्दै नेताहरुलाई खटाएपनि लुम्बिनी प्रदेशबाहेक सम्मेलन भएका अन्य प्रदेशमा तोकिएका नेताहरुले सम्मेलन गराएर नेतृत्व चयन गर्न सकिरहेका छैनन् ।
‘आधारभूत ढंगले कमिटी गठन प्रक्रिया टुंगिएको छ, लुम्बिनी प्रदेशमा बाहेक अन्यमा नेतृत्व चयन भने भएको छैन् । यसमा कतिपयको राष्ट्रिय सम्मेलनसम्म टुंगिएला भन्ने छ । पार्टीले पनि यो विषयमा छलफल गरिरहेको छ’, अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने ।
‘अहिलेसम्म कर्णाली, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी, २ नम्बर प्रदेश, सुदूरपश्चिम विश्व विद्यालय, कृषी तथा वन विज्ञान लगायतको सम्मेलन भइसकेको छ । बागमति र उपत्यका विशेष प्रदेशको आज चलिरहेको छ । प्रदेश १ को भोलिका लागि तोकिएको छ’, अधिकारीले भने संक्षिप्त कुराकानीको क्रममा भने ।
प्रदेश सम्मेलनदेखि नै नेतृत्व क्षमता परिक्षण हुने ठानिएको प्रदेशको सम्मेलन सम्पन्न गर्नु र नेतृत्व चयन गर्न सक्ने अबको राष्ट्रिय सम्मेलाबाट अखिल क्रान्तिकारीको भावी नेतृत्वको मुख्य दाबेदार हुने आन्तरिक रुपमा बहस हुन थालेको छ ।
अखिल क्रान्तिकारीले प्रदेश १ मा इन्द्र भुसाल, प्रदेश २ मा दिपक देवकोटा, बागमती प्रदेशमा उत्तम अधिकारी, गण्डकी प्रदेशमा विजय गौतम, लुम्बिनी प्रदेशमा तिलकराज भण्डारी, कर्णाली प्रदेशमा पञ्चा सिंह र सुदूरपश्चिम प्रदेशमा सुरेन्द्र बस्नेतलाई सम्मेलन गर्न आन्तरिक रुपमा जिम्मेवारी दिएको थियो । तर, लुम्बिनी प्रदेशबाहेक सम्मेलन भएका सबै प्रदेशमा नेतृत्व चयन गर्न नेताहरु असफल भएका छन् ।
प्रदेश सम्मेलनबाट नेतृत्व चयन हुन नसकेपछि अहिले क्रान्तिकारी भित्र को अब्बल को दुर्बल भनेर बहस सुरु भएको एक नेताले जनाए । ‘संगठनको विधि र पद्धतिलाई मानेर सम्मेलनले नेतृत्व चयन गर्न नसक्ने र कुनै नेताले सहज ढंगले नेतृत्व चयन गर्न सक्ने भन्ने विषय आएपछि को अब्बल को दुर्बल भन्ने बहस स्वभाविक हो’, ती नेताले भने ।
अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु नै किन असफल भए त प्रदेशमा नेतृत्व चयन गर्न ?
प्रदेश सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी बहन गरेका प्राय: नेताहरु आफूलाई अबको अध्यक्षको रुपमा चिनाउन थालेका छन् । उनीहरु प्रचार प्रसारसङ्गै तल्लो कमिटीसम्म प्रभाव विस्तारमा जुटेका छन् । तर, सम्मेलनको पूर्वसन्ध्यामा उनीहरुलाई दिइएको जिम्मेवारी निभाउने विषयमा भने उनीहरु प्रष्ट रुपमा चुकेका छन् ।
यहि मेसोमा अध्यक्षका प्रमुख दाबेदार तिलकराज भण्डारी भने आफ्नो जिम्मामा परेको लुम्बिनी प्रदेशको नेतृत्व सहज ढंगबाट चयन गरेर जिम्मेवारी पुरा गर्न सफल भएका छन् । अखिल क्रान्तिकारी भित्र बौद्धिक तथा कुशल संगठकको परिचय बनाएका उनले प्रदेश सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेर आफूलाई थप पुष्टी गरेका छन् ।
अन्य प्रदेशको सम्मेलन गराएर नेतृत्व चयन गर्ने जिम्मेवारी बहन गरेका अधिकांश नेताहरु भने उपत्यकामै बसेर लुम्बिनी प्रदेशको टिमलाई बधाई दिने र मिडियाबाजीमा व्यस्त हुन थालेको आरोप लाग्न थालेको छ ।
अध्यक्षका दाबेदार विद्यार्थी नेताहरु नेतृत्व हत्याउन नेताहरुकोमा घरदैलो गर्न थालेका बेला भण्डारी आफ्नो कार्यभार पुरा गरेर फर्किए पछि अहिले संगठन र पार्टीको शीर्ष तहमा उनको क्षमताको तारिफ हुन सुरु भएको माओवादी केन्द्रका एक स्थायी समिती सदस्यले जनाए ।
`पपुलर छान्ने की संगठकसंगै क्षमतावान अनि पपुलर भएकोलाई छान्ने भन्ने विषय अहिले पार्टीका हरेक छलफलमा बहस सुरु भएको छ । वाईसीएल नेपालको नेतृत्व चयनमा जस्तो गोलमोटल जताकतै हुन हुन्न भन्नेमा पार्टी नेतृत्व सचेत छ । अखिल क्रान्तिकारी आफ्नो नेता छान्न सक्षम छ र त्यो अधिकार दिनुपर्छ भन्ने जबर्जस्त माग उठेकाले नेतृत्वमा स्वभाविक रुपले सबै क्षमता भएको व्यक्ति आउला´, एक स्थायी समिती सदस्यले भने ।
अखिल(क्रान्तिकारी)ले २२औं राष्ट्रिय सम्मेलन असोज १४,१५ र १६ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरिसकेको छ । यस अघि तयारी नपुगेको भन्दै सम्मेलन एक हप्तालाई पछि धकेलिएको थियो ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












