अखिल (क्रान्तिकारी) मा नेतृत्व बहसः ‘खोजी कुशल संगठकको’
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी स्वरुप प्रदेश सम्मेलनहरु चलिरहेका छन् ।
अखिल क्रान्तिकारीले सातै प्रदेशमा प्रदेश सम्मेलन सम्पन्न गर्न भन्दै नेताहरुलाई खटाएपनि लुम्बिनी प्रदेशबाहेक सम्मेलन भएका अन्य प्रदेशमा तोकिएका नेताहरुले सम्मेलन गराएर नेतृत्व चयन गर्न सकिरहेका छैनन् ।
‘आधारभूत ढंगले कमिटी गठन प्रक्रिया टुंगिएको छ, लुम्बिनी प्रदेशमा बाहेक अन्यमा नेतृत्व चयन भने भएको छैन् । यसमा कतिपयको राष्ट्रिय सम्मेलनसम्म टुंगिएला भन्ने छ । पार्टीले पनि यो विषयमा छलफल गरिरहेको छ’, अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने ।
‘अहिलेसम्म कर्णाली, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी, २ नम्बर प्रदेश, सुदूरपश्चिम विश्व विद्यालय, कृषी तथा वन विज्ञान लगायतको सम्मेलन भइसकेको छ । बागमति र उपत्यका विशेष प्रदेशको आज चलिरहेको छ । प्रदेश १ को भोलिका लागि तोकिएको छ’, अधिकारीले भने संक्षिप्त कुराकानीको क्रममा भने ।
प्रदेश सम्मेलनदेखि नै नेतृत्व क्षमता परिक्षण हुने ठानिएको प्रदेशको सम्मेलन सम्पन्न गर्नु र नेतृत्व चयन गर्न सक्ने अबको राष्ट्रिय सम्मेलाबाट अखिल क्रान्तिकारीको भावी नेतृत्वको मुख्य दाबेदार हुने आन्तरिक रुपमा बहस हुन थालेको छ ।
अखिल क्रान्तिकारीले प्रदेश १ मा इन्द्र भुसाल, प्रदेश २ मा दिपक देवकोटा, बागमती प्रदेशमा उत्तम अधिकारी, गण्डकी प्रदेशमा विजय गौतम, लुम्बिनी प्रदेशमा तिलकराज भण्डारी, कर्णाली प्रदेशमा पञ्चा सिंह र सुदूरपश्चिम प्रदेशमा सुरेन्द्र बस्नेतलाई सम्मेलन गर्न आन्तरिक रुपमा जिम्मेवारी दिएको थियो । तर, लुम्बिनी प्रदेशबाहेक सम्मेलन भएका सबै प्रदेशमा नेतृत्व चयन गर्न नेताहरु असफल भएका छन् ।
प्रदेश सम्मेलनबाट नेतृत्व चयन हुन नसकेपछि अहिले क्रान्तिकारी भित्र को अब्बल को दुर्बल भनेर बहस सुरु भएको एक नेताले जनाए । ‘संगठनको विधि र पद्धतिलाई मानेर सम्मेलनले नेतृत्व चयन गर्न नसक्ने र कुनै नेताले सहज ढंगले नेतृत्व चयन गर्न सक्ने भन्ने विषय आएपछि को अब्बल को दुर्बल भन्ने बहस स्वभाविक हो’, ती नेताले भने ।
अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु नै किन असफल भए त प्रदेशमा नेतृत्व चयन गर्न ?
प्रदेश सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी बहन गरेका प्राय: नेताहरु आफूलाई अबको अध्यक्षको रुपमा चिनाउन थालेका छन् । उनीहरु प्रचार प्रसारसङ्गै तल्लो कमिटीसम्म प्रभाव विस्तारमा जुटेका छन् । तर, सम्मेलनको पूर्वसन्ध्यामा उनीहरुलाई दिइएको जिम्मेवारी निभाउने विषयमा भने उनीहरु प्रष्ट रुपमा चुकेका छन् ।
यहि मेसोमा अध्यक्षका प्रमुख दाबेदार तिलकराज भण्डारी भने आफ्नो जिम्मामा परेको लुम्बिनी प्रदेशको नेतृत्व सहज ढंगबाट चयन गरेर जिम्मेवारी पुरा गर्न सफल भएका छन् । अखिल क्रान्तिकारी भित्र बौद्धिक तथा कुशल संगठकको परिचय बनाएका उनले प्रदेश सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेर आफूलाई थप पुष्टी गरेका छन् ।
अन्य प्रदेशको सम्मेलन गराएर नेतृत्व चयन गर्ने जिम्मेवारी बहन गरेका अधिकांश नेताहरु भने उपत्यकामै बसेर लुम्बिनी प्रदेशको टिमलाई बधाई दिने र मिडियाबाजीमा व्यस्त हुन थालेको आरोप लाग्न थालेको छ ।
अध्यक्षका दाबेदार विद्यार्थी नेताहरु नेतृत्व हत्याउन नेताहरुकोमा घरदैलो गर्न थालेका बेला भण्डारी आफ्नो कार्यभार पुरा गरेर फर्किए पछि अहिले संगठन र पार्टीको शीर्ष तहमा उनको क्षमताको तारिफ हुन सुरु भएको माओवादी केन्द्रका एक स्थायी समिती सदस्यले जनाए ।
`पपुलर छान्ने की संगठकसंगै क्षमतावान अनि पपुलर भएकोलाई छान्ने भन्ने विषय अहिले पार्टीका हरेक छलफलमा बहस सुरु भएको छ । वाईसीएल नेपालको नेतृत्व चयनमा जस्तो गोलमोटल जताकतै हुन हुन्न भन्नेमा पार्टी नेतृत्व सचेत छ । अखिल क्रान्तिकारी आफ्नो नेता छान्न सक्षम छ र त्यो अधिकार दिनुपर्छ भन्ने जबर्जस्त माग उठेकाले नेतृत्वमा स्वभाविक रुपले सबै क्षमता भएको व्यक्ति आउला´, एक स्थायी समिती सदस्यले भने ।
अखिल(क्रान्तिकारी)ले २२औं राष्ट्रिय सम्मेलन असोज १४,१५ र १६ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरिसकेको छ । यस अघि तयारी नपुगेको भन्दै सम्मेलन एक हप्तालाई पछि धकेलिएको थियो ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












