गठबन्धन बैठक भोलि : शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक डाकेका छन् । गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो । त्यही समझदारीका आधारमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्यो । तर, त्यसयता सत्तागठबन्धन बैठक बस्न सकेका छैन । तयारी अनुरुप काम हुन नसक्दा सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा मिल्न सकेको छैन ।
आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेपछि बिहीबारका लागि बैठक डाकेका छन् । “गठबन्धनको बैठक भोलि बिहानका लागि बोलाइएको छ,” सत्ता गठबन्धनका नेता तथा जसपा अध्यक्ष उपेन्द्र यादवले भने, “भोलि सम्भवत मन्त्रालयको भागवण्डाको टुंगो लाग्छ ।” उनका अनुसार भोलि मन्त्रालयको भागवण्डा मिले पनि भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम छ ।
जसपा र नेकपा एकीकृत समाजवादीबीच अध्यादेश खारेजीपछि मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि मात्रै अध्यादेश खारेज गर्ने अडानका कारण प्रधानमन्त्री अलमलमा परेका थिए ।
लामो प्रतिक्षापछि पनि जसपाले अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान लिएपछि गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्ने निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट त्यही दिन अध्यादेश खारेज भएको थियो । तर, सत्ता गठबन्धनको बैठक भने त्यसयता बस्न सकेको छैन । सत्ता गठबन्धन बैठक बस्न नसक्दा मन्त्रिपरिषद् विस्तार पनि अनिश्चित भएको छ ।
गत बिहीबार दलहरुबीच मन्त्रिपरिषदले अध्यादेश खारेज गर्नासाथ सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार चाँडै गर्ने समभदारी भएको थियो । बालुवाटार स्रोतले पनि अध्यादेश खारेज भएपछि ढिलोमा बिहीबारसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने बताएको थियो । तर, यसबीचमा सत्ता गठबन्धनको बैठक नै बस्न सकेको छैन । सत्ता गठबन्धन कार्यालयमा संयोजकको भूमिका निर्वाह गरिरहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का गत शुक्रबारदेखि नै कोरोना संक्रमित भएर उपचारत छन् ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












