भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटक-पटक भक्कानिँदै रुन खोजे । उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए ।
प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आत्महत्या गर्नु ठीक हो । आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो माक्र्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला । सुसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने,जेल जानुपर्छ जाने,मारिनु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












