सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भने- ‘मैले मन्त्रीमा भाग मागेँ भन्ने समाचार झूटो हो’
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँग मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झूटो भएको बताएका छन् ।
मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार प्रकाशित भएको थियो। त्यसरी समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बार एसोसिएसनक पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई भेटेर त्यसबारे चासो राखेका थिए।
भेटमा सहभागी सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले ‘प्रधानन्यायाधीशले आफूहरूलाई झूटो समाचार प्रकाशित गरेर त्यसले स्वतन्त्र न्यायलयमाथि प्रहार गरेको’ बताएको जनाए । ‘त्यो हुनै नसक्ने कुरा हो । मबाट त्यस्तो काम हुनै सक्दैन्,’ प्रधानन्यायाधीश जबरालाई उद्धृत गर्दै सचिव घिमिरेले भने ।
सर्वोच्च अदालत बारका अध्यक्ष प्राध्यापक पूर्णमान शाक्यको नेतृत्वमा गएको बारको टोलीसँग प्रधानन्यायाधीश जबराले आफूमाथि लागेका आरोपको खण्डन गर्ने पनि बताएका थिए।
Comments
अरु समाचार
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...
-
गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो...
-
विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त विभिन्न पाँच देशका राजदूतहरुले बुधबार राष्ट्रपती कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली...
-
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेबाट निलम्बीत डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेले पार्टीबाट निष्काशन भएपछि राजनीतिक...
-
प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल...
-
गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय...
-
श्रमकाे सम्मान गर्दै विकासको गति अघि बढाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको...