अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सि हानाहान, झण्डै ७० प्रतिशत प्रतिनिधिद्वारा अध्यक्ष बहिस्कार
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन ७० प्रतिशत अर्थात ९ सय बढी प्रतिनिधि, पर्यवेक्षक तथा स्वंसेवकले बहिस्कार गरेका छन् ।
१ हजार ३ सय प्रतिनिधिसहित काठमाडौंमा सुरु भएको क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि हल बहिस्कारको शृङ्खला देखिएको एक प्रतिनिधिले जनाए ।
सम्मेलन हलमै अध्यक्षसहितको निर्वाचन गर भन्दै नाराबाजीसहित विद्यार्थी नेताहरु बाहिरिएको ती प्रतिनिधिले जनाए ।
सम्मेलन स्थलमा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित महासचिवमाथिका पदाधकारी बसिरहेपनि नाराबाजी नरोकिएको जनाइएको छ ।
यस्तै, अध्यक्षमा चयन भएकी पञ्चा सिंह पक्षका विद्यार्थी नेता कार्यकर्ताहरु भने बिजय उत्सब र्यालीसित बाहिरएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृ सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाएका थिए ।
सहमतिको आधारमा नेतृत्व चयन गरिने जनाएपनि नेतृत्व विवादका कारण क्रान्तिकारीमा विवाद छताछुल्ल बनेको हो ।
राष्ट्रिय सम्मेलनबाट पारित विधान मिचेर जथाभावी गरेको भन्दै अखिल (क्रान्तिकारी)का निवर्तमान सचिव तथा बागमती प्रदेश संयोजक पवन कार्की समर्थकले नाराबाजी गरेपछि विवाद चर्किएक्क थियो । क्रान्तिकारीले विधान संशोधन गरेर ३९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ ।
२५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति बनाउने विधान पारित गरेको क्रान्तिकारीले बढाउदै अहिले ३९९ पुर्याउने तयारी गरेपछि विधान मिचिएको भन्दै सुरु भएको नाराबाजीलाई मत्थर पार्न नेताहरुले अपिल गरेपनि विवाद झन चर्किएको हो ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












