१० जिल्लामा कांग्रेस अधिवेशन सकिँदा पौडेल पक्ष हाबी
काठमाडाैँ । नेपाली कांग्रेसले दसैंअगाडि २१ वटा हिमाली जिल्लामा वडा, गाउँ/नगर, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र, महासमिति सदस्य र जिल्ला अधिवेशन गर्ने भनेकोमा अहिलेसम्म जम्मा १० जिल्लामा नेतृत्व चयन गरेको छ।
हिमाली जिल्लामध्ये डोल्पामा क्रियाशील सदस्यता विवाद हालै मिले पनि रसुवामा भने अझै क्रियाशील सदस्यताकै विवादले नामावली प्रकाशन हुन सकेको छैन।
दसैं-तिहारपछि हिमाली भेगमा हिउँ पर्ने, चिसो बढ्ने भएकोले अधिवेशन गर्न गाह्रो हुने हुँदा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको थियो। तर २१ हिमाली जिल्लामध्ये आजसम्म आधा जिल्लामा मात्रै जिल्ला अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन भएका छन्।
जिल्ला सभापति चयनमा गोरखा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लामा सर्वसम्मत भए पनि रामेछाप, दोलखा, संखुवासभालगायत जिल्लामा भने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट पक्षबाटै उम्मेदवार बनेका थिए।
कांग्रेसमा २०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि देउवा, पौडेल र सिटौला गुट अस्तित्वमा छन्। यिनै गुटबाट जिल्ला-जिल्लामा नेतृत्व चयन भइरहेका छन्।
अहिलेसम्म गोरखा, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रूकुम पूर्वमा कांग्रेसले जिल्ला अधिवेशन सकेको छ।
यीमध्ये वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवानिकटले जितेका छन्।
संखुवासभामा पूर्वराज्यमन्त्रीसमेत रहेका दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, मुस्ताङमा पूर्वबाणिज्यमन्त्रीसमेत रहेका रोमी गौचन थकाली, दोलखामा बर्मा लामा, रूकुम पूर्वमा केशरमान रोका र कालिकोटमा अम्बबहादुर शाही जिल्ला सभापति भएका छन्।
यीमध्ये गोरखाका न्यौपाने गगन थापानिकट हुन्। तर थापा नै पछिल्लो समय वरिष्ठ नेता पौडेलनिकट छन्। थापा आगामी महाधिवेशनमा सोही समूहबाट महामन्त्री पदमा उठ्ने तयारीमा छन्।
सभापति देउवानिकट गजेन्द्र तुम्याहाङ ताप्लेजुङ सभापति भएका छन्। मनाङमा शंकर गुरूङ, हुम्लामा मोहनविक्रम सिंह र रामेछापमा कान्छाराम तामाङ जिल्ला सभापति भएका छन्।
यीमध्ये रामेछाप र दोलखामा दोस्रो चरणमा जिल्ला अधिवेशन गर्नुपरेको थियो। पहिलो चरणमा तीन उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५१ प्रतिशत ल्याउन सकेका थिएनन्। कांग्रेस विधानमा जिल्ला सभापतिले पनि खसेको कूल मतको ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ।
कांग्रेसले २१ हिमाली जिल्लामध्ये अब सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, मुगु, बाजुरा, बझाङ, दार्चुला, धादिङ, म्याग्दीमा जिल्ला अधिवेशन गर्न बाँकी छ।
कांग्रेसले बाँकी जिल्लाहरूमा भने दसैं-तिहार-छठपछि अधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने बताएको छ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












